Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

आक्रमणकारीको बचाउमा नेता यादव संलग्न रहेको दलित परिवारको आरोप

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार ९, २०८१
In घटना /दुर्घटना
0

काठमाडौं : सप्तरीमा भएको दलित परिवार माथि यादव समूहको सांघातिक आक्रमणको बचाउमा जनमत पार्टीका मधेश प्रदेश संसदिय दलका नेता महेश यादव लागेको परिवारले आरोप लगाएको छ ।आइतबार क्रान्तिकारी दलित राजनीतिक संगठनले काठमाडौंमा पक्रकार सम्मेलनको आयोजना गर्दै सो आरोप लगाएको हो । 

पीडित रञ्जित कुमार पासवानले हरिसुदन यादबको नेतृत्वमा १०–१२ जनाको हतियारधारी समुहले आक्रमण गरेर आफू सहित छ जनाको परिवारलाई गम्भिर घाइते बनाएको आरोप लगाएका छन् ।टाउकोमा १४ टाँका लगाएर पत्रकार सम्मेलनमा उपस्थित भएका पासवानले प्रश्न गरे, ‘हामी दलितको कोखबाट जन्मनु अपराध हो सरकार, हामी गरिब र होचा निमुखाको कहिल्यै दिन आउँदैन ?’

अक्रमण भए लगत्तै प्रहरीकहाँ पुग्दा पनि उसले कुनै प्रतिक्रिया नदिएको बताउँदै ९ दिन सम्म जाहेरी नलिएको र उल्टै आफूरुलाई फसाउन जनमत पार्टी नेता महेस यादब लागेको पासवानले आरोप लगाए । पासवानले न्यायका लागि काठमाडौं पुगेर हल्ला गरे थप आक्रमण गर्ने धम्कि आउन थालेको पत्रकार सम्मेलनमा बताए ।

आक्रमण गरेर उल्टै अफूहरु लाई नै जाहेरी दिएर फसाउने योजना बनाएकोले न्यायका निम्ति काठमाडौं आएको बताउँदै भने,“प्रहरी,सिडियो देखि सबै यादब समुहको मुद्धा लिन्छन् तर हामी पीडितको कुरो सुन्दैनन्, अनि के गर्ने ?”

एकीकृत दलित मुक्ति मोर्चा नेपालका संयोजक दर्शन कुमार नेपालीले सप्तरीमा दलित पासवान परिवार माथि सांघातिक आक्रमण गर्ने यादव समुह माथि हदै सम्मको कारबाही गर्न माग गरेका छन् । संयोजक नेपालीले घरेलु हातहातियार प्रयोग गरेर घाईते पीडितहरु प्रहरीकहाँ जाँदा उजुरी नलिनु पनि घोर पराध भएको जिकिर गर्दै भने,“सिडियो साब र प्रहरी प्रमुख ज्यूहरु तपाईहरु पीडकको पक्षमा कि पीडितको पक्षमा हो ।”

संयोजक नेपालीले जनतमत पार्टी मात्रै नभएर ठूला भनिएका पार्टीहरुले पनि दलित समुदाय माथि अन्याय गरेको आरोप लगाउँदै प्रश्न गरे,“के नेपाली काँग्रेस जन्मजात अपराधीको संरक्षक हो, के एमाले बलत्कारी र हत्यारको अभिभवक हो, के माओवादी सत्तामा रहेर अपराधी सरक्षण गर्ने ठेकेदार हो ?” निरन्तर दलित समुदय माथि अन्याय हुँदा सबै चुप लागेर न्याय नदिनु ठूलो अपराध भएको नेपालीको जिकिर छ । जिल्ला प्रहरी प्रमुख, सिडियो जागीर जोगाउनको लागि पीडकको पछि लाग्नु भन्दा खाडी, यूरोप,अमेरीका जान सुझाव समेत नेपालीले दिए ।

नेपाल राष्ट्रिय दलित केन्द्रका अध्यक्ष उपेन्द्र कुमार छटुन्जेलले पीडित पासवान परिवारलाई यादव समुहले घरेलु हातहतियारको प्रयोग गरि सांघातिक आक्रमण गरि गम्भिर घाईते बनाईको बताए । कानुनी राज भनिएको देशमा दलितमाथि अझै पनि पासविक व्यवहार भएको आरोप लगाउँदै भने,“९ दिन सम्म पनि प्रहरी प्रशासनले उजुरी लिदैन, बरु पावर र पहुँचको बलमा ‘होचाको मुखमा घोचो’ भने जस्तैः उल्टै पीडित लाई नै फसाउने षड्यन्त्र भएको छ, के यो देशमा कानुन छ त ?”

नेपाल राष्ट्रिय दलित केन्द्रका महासचिव राजकुमार पासमानले जनमत पार्टी मधेश प्रदेशको संसदिय दलको नेता महेस यादवको दबाबमा ९ दिन देखि जाहेरी दर्ता गर्न नदिएको आरोप लगाउँदै भने,“महेश जीको पावरमा उल्टै घाईतेहरुलाई फसाउन आक्रमणकारीहरुले जाहेरी दर्ता गरेकोप्रति आक्रोष व्यक्त गरे ।” पासमानले पीडित परिवारका ६ जना मध्ये ४ जना गम्भिर घाईते भएको र उनिहरुको आर्थिक अवस्था कमजोर भएको कारण उपचारको व्यवस्था पनि नभएको बताए ।

मधेशमा नेता यादबको दबदबाहट भएकोले पीडितले न्याय नपाउने निश्चित भएकोले केन्द्र सरकारले हस्तक्षेप गरेर पीडकलाई हदै सम्मको कारबाही गर्न माग गर्दै पासमानले भने,“दलित र गरिबको पक्षमा लड्ने प्रचण्ड सरकारले पीडितको सुरक्षा, क्षतिपूर्ति र उपचारको व्यवस्था गर्नुपर्छ ।”

संयुक्त दलित अधिकार मञ्च–नेपालका कार्यबहाक संयोजक  सुजन साह शंकरले जात व्यवस्थाको आवरणमा निरन्तर नेपाली समाजमाजमा घटना घटिरहेको बताउँदै भने,“जबसम्म समाजमा जात व्यवस्था रहिरहन्छ तबसम्म दलित समुदायले पीडा खेपिरहनु पर्छ, जुन दुर्भाग्य हो ।”

उक्त पत्रकार सम्मेलनमा जात व्यवस्था उन्मुलन मोर्चा नेपालकी अध्यक्ष मण्डल सदस्य शान्ति गजमेरले पीडितमाथि भएको आक्रमणको घोर भत्र्सना गर्दै पीडकलाई हदै सम्मको कारबाही र क्षतिपूर्तिको माग गरेकी छन् ।

के हो सप्तरीमा पासमान परिवारमाथि सांघातिक आक्रमणको घटना ?

सप्तरी जिल्ला डाक्नेश्वरी नगरपालिका वडा न ६ फत्तेपुर टोलमा २०८१ असार १ गते दिउँसो २ बजेको समयमा पृतम पासवान परिवार वसिरहेको स्थान बाट विस्थापन गर्ने योजना सहित पूर्व क्षेत्रपाल हरिसुद यादब समुहले घरेलु हात-हतियार प्रयोग गरेर अक्रमण गरेको थियो ।

करिब २० वर्ष देखि सो ठाउँमा बस्दै आएको पासवान परिवार लाई हरि सुदन यादव रोशन यादव, निरज यादव, राम यादव, विवेक यादव, ऋषि यादव, रोहित यादव लगायत ११/१२ जनाको समुहले खुकुरी, लाठी, चिरपट, हँसिया, फलामका रड लगायत घरेलु हतियार सहित आई  घरमा बसिरहेका प्रितम पास्मान,मुसनी देवी पासमान, रञ्जित पासवान,सरिता देवि पासमान, रितु पासमान,राखि पासमान, लगायत लाई एक्कासि अन्धाधुन्ध ज्यानै लिने गरि कुटपिट गरि घरसमेत भत्काइएको थियो । सो लगत्तै प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यलय सप्तरी पुगेका पासमान परिवारको ९ दिनसम्म उजुरी लिएको छैन ।

सो ६ जना परिवार मध्यै ४ जनाको अवस्था गम्भिर रहेको र उनिहरुको उपचारका लागि राजविराज लगिएको बताईको छ ।

  • 8shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

घटना /दुर्घटना

सगरमाथा क्षेत्रमा दुई हेलिकप्टर आकाशमै ठोक्किए, भारतीय पर्यटकको मृत्यु, तीन जना घाइते

कार्तिक १७, २०८३
घटना /दुर्घटना

हेलिकप्टर दुर्घटना अपडेट : घाइते काठमाडौंको ह्याम्स अस्पतालमा उपचाररत

चैत्र ४, २०८२
घटना /दुर्घटना

गौरमा दुई पक्षबीच झडप : स्थिति नियन्त्रणमा लिन १२ राउण्ड हवाई फायर र ४० सेल अश्रुग्यास प्रहार

फाल्गुन ८, २०८२
घटना /दुर्घटना

सर्लाहीको लालबन्दीमा लघुवित्तका कर्मचारी माथि छुरा प्रहार गरेर लुटपाट

माघ २३, २०८२
घटना /दुर्घटना

मोरङको रंगेलीमा पारिवारिक विवादको बीभत्स रूप: श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

माघ २०, २०८२
घटना /दुर्घटना

६ दिन पछि भेटियो टिकटक भिडियो खिच्ने क्रममा खोलामा बेपत्ता युवकको शव

अशोज २४, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

बृहत्तर जनकपुर क्षेत्रको विकास कार्यक्रम उपमहानगरलाई हस्तान्तरण, सम्पदा संरक्षण र पर्यटन पूर्वाधारमा खर्च गर्नु पर्ने

मंसिर १३, २०८३

प्रेस स्वतन्त्रताको पक्षमा धनुषामा पत्रकार महासंघको एक घण्टे धर्ना, कांग्रेस, एमाले र जनमत पार्टीको ऐक्यबद्धता

मंसिर १३, २०८३

अयोध्या–जनकपुर रेल सेवा आज देखि नियमित सञ्चालन, पहिलो दिन ५०० यात्रुले गरे यात्रा

मंसिर १२, २०८३

इन्धनमा परनिर्भर नेपाल : संकट आउनु अघि विकल्प खोज्ने कि पछि पछुताउने?

मंसिर १०, २०८३

युरोपेली संघ चलचित्र महोत्सवको १५औँ संस्करण जनकपुरधाममा हुँदै, मंसिर १२ र १३ गते अन्तर्राष्ट्रिय चलचित्रको प्रदर्शनी

मंसिर १०, २०८३

जनकपुरधाममा पत्रकारहरूको प्रदर्शन

मंसिर ९, २०८३

भारतको २४ हजार करोडको विकास सहायता नेपाल लाई, पुनर्निर्माण देखि ऊर्जा क्षेत्र सम्म नयाँ सम्भावना; ऋण र अनुदानको उपयोग कसरी होला?

मंसिर ८, २०८३

अयोध्याबाट जनकपुरधाम आइपुग्यो ‘सरयू–कमला एक्सप्रेस’, एक हजार भन्दा बढी तीर्थयात्रीको भव्य स्वागत

मंसिर ८, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend