२३ भाद्र,झापा: झापाको दमकमा गोठमा बाँधेको गाई चोरेर काट्ने चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाले आज दमकमा पत्रकार सम्मेलन गरेर गाई काटेको अभियोगमा पक्राउ परेका चार जना लाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्ने हरुमा तीन जना भुटानी शरणार्थी शिविरमा बसोबास गर्ने तथा एक जना स्थानीय रहेका छन् । प्रहरीका अनुसार दमक–२ को बेलडाँगी भुटानी शरणार्थी शिविर–२ को छाप्रो न. ३३२ को ४४ बर्ष का प्रेम बहादुर बिष्ट, दमक–३ मा रहेको बेलडाँगी शिविर–३ को छाप्रो न. ए ३–२०८ बस्ने ३८ बर्ष का खगेन्द्र दुलाल, सोही स्थान को छाप्रो न. ए २–२०८ बस्ने ३२ बर्ष का बिधान थापा र दमक नगरपालिका–४ बस्ने ४५ बर्ष की गिता श्रेष्ठ पक्राउ परेका छन् ।
पक्राउ परेका मध्ये दुलालले पटक/पटक जवरजस्ती करणी तथा पशु पंक्षी सम्बन्धी अपराधमा जेल सजाय पूरा गरेर रिहा भएको पाइएको प्रहरीले जनाएको छ । भदौ १८ गते रात को समयमा उनीहरुले दमक नगरपालिका–१ मा गोठमा बाँधिरहेको २ महिनाको गर्भिणी रहेको गाई चोरी गरी गोठ देखि १०० मिटर उत्तरपटीको प्लटिङमा लगेर काटेका थिए ।
खुट्टा तथा गर्धनको मासु, रगत लगेका उनीहरुले शरिरको अन्य भाग घटनास्थलमा नै छोडेका थिए ।गर्भिणी गाई काटेको घटना बाहिरिए पछि घटनामा संलग्न लाई पक्राउ गर्न प्रहरी माथि चर्काे दवाव परेको थियो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले घटनामा संलग्नहरु लाई तत्काल पक्राउ गरी कारवाही गर्न प्रशासन सँग माग गरेका थिए ।
प्रहरीले गरेको अनुसंधानका क्रममा शुक्रबार उनीहरु लाई पक्राउ गरेको जनाएको छ । उनीहरुको साथबाट बन्चरो १ थान, खुकुरी एक थान र मासु बोक्न प्रयोग भएको झोला एक थान बरामद गरेको पनि प्रहरीले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्