२३ भाद्र,झापा: जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले तीन वटा कार सहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । भारत बाट अवैध रुपमा नेपाल तर्फ सामान ल्याउँदै गर्दा उनीहरु पक्राउ परेका हुन् ।
भारत बाट नेपाल तर्फ आउँदै गरेको डब्लु बी ४ एन ६८७८, डब्लु बी ७४ पि ७७९९ र डब्लु बी ७४ एन ८४६२ नम्बरको कार बाट भन्सार छली गरी नेपाल तर्फ ल्याउँदै गरेको अन्दाजी ३ लाख ९९ हजार एकस मुल्य बराबरको कपडा बरामद गरेको जनाएको छ ।
बरामद कपडामा पुरुषको टाउजर ११० पिस, लेडिज टाउजर ४२ पिस, रुमाल १ हजार २५० पिस, लेडिज सर्ट २२ पिस, कुर्था ३२ पिस, भेष्ट ५३ पिस, लेडिज ब्रा ५२८ पिस, लेडिज भेष्ट १८ पिस, कुर्थी १० पिस र लेडिज सर्ट १७ पिस रहेका छन् । प्रहरीले बरामद गरेको कारको मूल्य अन्दाजी २४ लाख मुल्यांकन गरेको छ । कार सहित कपडाको मुल्य २९ लाख ५० हजार १०० रहेको जनाएको छ ।
पक्राउ पर्ने हरुमा भारतीय कार चालक भारतको पानी ट्यांकी बस्ने राम दयाल बर्मन, सोही स्थानको अमित राय र राजकुमार घोष रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्ण कुमार चन्दले जानकारी दिए ।
पक्राउ परेको कार सहित भारतीय नागकिर लाई आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा पठाइएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्