१५ असोज,काठमाडौं: गत हप्ताको अविरल वर्षाका कारण भएको बाढी/पहिरो र डुबानका कारण हाल सम्म २ सय १७ जनाको मृत्यु भएको छ,भने २८ जना बेपत्ता रहेका छन् ।
प्राकृतिक विपद मा परेर १ सय ४३ जना घाइते भएका संगै बाढी, पहिरो पछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिएका छन ।
बाढी प्रभावितहरू लाई खाद्यान्न लगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको नि:शुल्क उपचार भइरहेको समेत प्रवक्ता तिवारीले बताएका छन् ।



















आफ्नो प्रतिकृया दिनुहोस्