०३ कार्तिक,काठमाडौं: सहकारीको रकम अपचलन सम्बन्धी छान बिन गर्न गठित विशेष संसदीय समितिका सभापति सूर्य थापाले रवि लामिछाने प्रति व्यङ्ग्य गर्दै कला विहीन नाटक मञ्चन गरेको बताएका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै थापाले‘क्लिन चिट र सफाइ’ चल चित्र केही दिन मै सर्वत्र फ्लप भए लगत्तै ‘प्रतिशोध’ को कलाविहीन नयाँ नाटक मञ्चन भइ रहेको बताएका हुन् ।
रास्वपाले पार्टी सभापति रवि लामिछाने पक्राउ प्रकरण लाई ‘प्रतिशोध’ बताए पछि यस प्रति व्यङ्ग्य गर्दै सभापति थापाले यस लाई ‘कलाविहीन नाटक’ भनेका हुन् ।उनले भनेका छन् ‘क्लिन चिट र सफाइ’ चल चित्र केही दिन मै सर्वत्र फ्लप भए लगत्तै कलाविहीन नयाँ नाटक मञ्चन भइ रहेछ, प्रतिशोध ’’ सुपरफ्लप हुने बाटो प्रतीक्षा गरौं ।
थापा नेतृत्वको संसदीय समितिले लामिछाने लाई दोषी ठहर गर्दै अनुसन्धान गर्न सिफारिस गरेको थियो । समितिको प्रतिवेदन कै आधारमा लामिछाने लाई शुक्रबार जिल्ला अदालत कास्कीको अनुमतिमा काठमाडौँ बाट पक्राउ गरेर पोखरा पुर्याइएको छ ।




















आफ्नो प्रतिकृया दिनुहोस्