०५ कार्तिक,जुम्ला: नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज(सोमबार)जुम्लामा हुने जनसभा लाई सम्बोधन गर्ने भएका छन् । उनले सिंजा कनकासुन्दरीको गोरु चौरमा आयोजना गरिएको जनसभा लाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
अध्यक्ष प्रचण्डले खस भाषा र सभ्यताको केन्द्र सिंजा कनकासुन्दरीको अवलोकन तथा जनसभा लाई सम्वोधन गर्ने कार्यक्रम तय भएको छ ।
त्यस अघि अध्यक्ष प्रचण्डले मुगु रारा क्षेत्रको पनि अवलोकन गरेका छन् । आजै काठमाडौं बाट नेपालगञ्ज हुँदै मुगुको रारा र जुम्लाको सिंजा कनकासुन्दरी अवलोकन गरी यहाँ आयोजित जनसभा लाई सम्बोधन गरेर फर्कने कार्यक्रम रहेको छ ।




















आफ्नो प्रतिकृया दिनुहोस्