०६ कार्तिक,काठमाडौं: शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाल संवत् ११४५ लाई प्रभावकारी बनाउन आफ्नो तर्फ बाट सक्रिय भूमिका खेल्ने विश्वास दिलाएका छन् ।मंगलबार काठमाडौंमा नेपाल संवत् ११४५ को शुभकामना आदान प्रदान कार्यक्रममा उनले नेपाल संवत् ११४५ को उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै यस लाई सफल पार्नका लागि सबै मिलेर काम गर्नु पर्ने बताए ।
उनले भने, ‘नेपाल संवत् ११४५ को उपलक्ष्यमा सबै जना लाई शुभकामना व्यक्त गर्न चाहन्छु । आँउदै गरेको कार्यक्रम लाई सफल पार्नको लागि सबै मिलेर यसमा सहयोग गर्नु पर्छ । प्रशंसा गर्ने लायकको कार्यक्रम अगाडि बढाउनु पर्छ । व्यक्तिगत तर्फ बाट र सरकार बाट हुनु पर्ने काममा सक्रिय रहने छु ।’यस्तै, उनले नेपाल संवत्लाई सफल पार्ने काम हामीले नगरे कसैले नगर्ने भन्दै नयाँ वर्ष लाई सफल पार्नको लागि सबै लाई आह्वान गरेका छन् ।




















आफ्नो प्रतिकृया दिनुहोस्