११ कार्तिक,काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिको उपयोग जीवन लाई सहज र सरल बनाउने काममा सरकार लागि पर्ने बताएका छन् ।युवा संघ नेपालले आइतबार आयोजना गरेको ‘आर्टिफिसियल इन्टेलिजेन्स् (एआइं)सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ मा विज्ञ सँगको संवादमा सहज कर्ताका रुपमा भूमिका निर्वाह गर्दै प्रधानमन्त्री ओलीले विकास, सकारात्मकता र सहज जीवनका लागि यसको उपयोग गर्नु पर्नेमा जोड दिएका हुन् ।
‘विकासको तीर्खा बाट हामी ग्रस्त छौँ । त्यसका लागि डिजिटल नेपालको अवधारणा ल्याऔँ । हामीले आर्टिफिसियल इन्टेलिजेन्स्को सकारात्मक उपयोग गर्नु पर्छ । यसको दुरुपयोग बाट हुन सक्ने दुष्प्रभाव रोक्न सचेतना र कानुनी प्रबन्धमा पनि जानु पर्छ ।’प्रधानमन्त्री ओलीले भने, ‘एसइईमा धेरै विद्यार्थी अनुत्तिर्ण हुने क्रमबाट सुधार ल्याउनु छ । यस्ता क्षेत्रमा एआइको उपयोग कसरी गर्न सकिन्छ र नेपाल लाई एआइ एजुकेसनको हब कसरी बनाउन भन्नेमा हाम्रो ध्यान रहेको छ ।’उनले आटिर्फिसियल इन्टेलिजेन्स्सम्बन्धी नीति र योजना ल्याउने जानकारी पनि दिए ।




















आफ्नो प्रतिकृया दिनुहोस्