१२ कार्तिक,काठमाडौं: बरिष्ठ ज्योतिष पण्डित डा.रुद्रनाथ अधिकारीले देशमा चलि रहेको अस्थिर राजनीतिका कारण मुलुक मध्यावधी निर्वाचन तर्फ जाने संकेत गरेका छन् ।केपी शर्मा ओली नेतृत्वको सरकार पनि संकटमा रहेको उल्लेख गर्दै डा.अधिकारीले ओली सरकार लाई आउँदो मंसिर ६ गते सम्म कठिन अवस्था रहेको भविष्णवाणी गरे ।
नेपाल न्यूज बैंक सँगको कुराकानीमा उनले भने,‘मैंले शीर्ष नेताहरुको जन्म कुण्डली हेरेर अनुमान लगाउने गरेको छु । ज्योतिष विज्ञान अनुसार धेरैको भविष्यवाणीले मेल खाएको छ । असोज २७ गते सम्म पूर्व गृह मन्त्री रवि लामिछाने लाई कसैले छुँदैन भनेको थिएँ । तर त्यस पछि उहाँ हिरासतमा हुनु हुन्छ । प्रधानमन्त्री ओलीजी लाई पनि मंसिर ६ गते सम्म एकदमै कठिन देखिन्छ । मंसिर ६ कटाउनु भयो भने चैत्र सम्म सरकार अगाडि बढ्छ । मुलुक विस्तारै मध्यावधि निर्वाचन तर्फ अग्रसर हुन्छ ।’
ओली सरकारले मध्यावधी घोषणा गरेर काम चलाउमा पुग्ने र २०८१ सालको अन्त्य सम्ममा राजनीतिक कोर्ष परिवर्तन हुने उनको अनुमान छ । ‘०८१ मा राजनीतिक कोर्ष परिवर्तन हुने र ०८२ मा त्यसको करेक्सन हुनेछ,’उनले भने,‘ शेरबहादुर देउवा र ओलीले आलोपालो सरकार चलाउने भनेर गरेको सहमति कार्यान्वयन हुने अवस्था चाहीं देखिदैन । हिजोका दिनमा पनि बोलेका र हस्ताक्षर भएका कुराहरु उहाँहरुले पूरा गर्नु भएको छैन् । राष्ट्र लाई नै असफल बनाउन उहाँहरु केन्द्रीत हुनु हुन्छ ।’
संविधान संशोधन पनि नेपालका राजनीतिक दलहरुले चाहे अनुसार नहुने बताउँदै डा.अधिकारीले भने,‘संविधान संशोधन त हुन्छ । तर दलहरुले सोचेको जस्तो चाँही हुँदैन्, भिन्नै स्वरुपमा हुन्छ ।’
नेपालका करिब २८ जना नेताहरुको कुण्डली अध्ययन गरेर भविष्वाणी गर्दै आएको बताएका डा.अधिकारीले भने,‘ ज्योतिष विज्ञान वा दृष्टिकोणका आधारमा मैंले २७–२८ जना देशका मुख्य नेतृत्वमा रहेका नेताहरुको कुण्डली अध्ययन गरेको छु । उहाँहरुका बारेमा धेरै कुरा भनेको पनि छु । राजनीति र राज्य शासन व्यवस्थाको बारेमा धेरै नबोलौं भन्दा पनि अगाडि देखेको कुरा प्रति सद्भाव एवम चिन्तन भाव राख्न मन लाग्छ । ज्योतिष विज्ञानका आधारमा सुझाव दिन मन लाग्छ ।’
सहकारीको पैसा अपचनल गरेको मुद्दामा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम पूर्व मन्त्री रवि लामिछाने निष्पक्ष पत्रकारिता लाई छाडेर राजनीतिमा हामफालेको दिन बाट नै ‘तरबारको धार’मा हिड्न थाल्नु भएको डा.अधिकारले बताए ।
‘रविजी जुन दिन बाट राजनीतिको तलाउमा जम्प गर्नु भयो त्यो दिन बाट नै मैंले तरबारको धारमा यात्रा सुरु गर्नु भयो भनेको थिए । जनताहरुमा राजनीतिमा वितृष्णा भइ रहेको बेला उहाँले माहोल लाई डाइभर्ट गरेर ताली खाने काम सुरु गर्नु नै गलत थियो । पार्टीको नाम नै स्वतन्त्र राखेर कायापलट गर्छु भनेर दौडनु भयो तर त्यो उहाँ लाई अभिसाप सिद्ध भइ रहेको छ । उहाँले कर्ममा भन्दा बोलीमा जोड दिनु भयो । हाम्रो देश एक छिनको लागि चर्को आवाजको पछाडि थुप्रिने मानसिकतामा रमाउनु भयो । बालेन्द्र शाहको चमत्कार हेरेर दल खोल्नु नै गलत थियो,’डा.अधिकारीले भने ।
हिजोका दिनमा बाटोमा हिड्दा समेत माओवादीका विपक्षमा बोल्दा गाली खानु पर्ने अवस्था बाट आएको नेपाली राजनीति अहिले रविको विपक्षमा बोल्दा त्यस्तै गाली खाने अवस्था रहेको औंल्याउँदै उनले हिजो र आजको माओवादीको अवस्था तुलना गर्न अनुरोध गरे ।
‘आज रविजी लाई अदालतकै आदेशमा जुन अनुसन्धान भइ रहेको छ । त्यस लाई सघाउनुको साटो सडक आन्दोलनमा जाँदा रास्वपाले गलत राजनीति नक्सा बनाउँ छ । कांग्रेस बाट पाँच जना गृहमन्त्री जेल गए तर एक दिन कांग्रेसले आन्दोलन गरेर सडक तताएको मलाई थाहा छैन् । तर आज रास्वपाले गलत ट्रेन्ड बसाल्न खोजी रहेको छ । यो राम्रो भएन । अदालत लाई मान्दिन भन्नु हुँदैन । पावरमा हुनेले अदालतको दुरुपयोग नगरुन,’डा.अधिकारीको सुझाव थियो ।




















आफ्नो प्रतिकृया दिनुहोस्