१७, कार्तिक,जनकपुरधाम: जनता समाजवादी पार्टी (जसपा) नेपालका तीन वटा जिल्ला समिति पुन:र्गठन गरिएका छन् । यसरी पुन:र्गठन भएका जिल्लाहरुमा कोशी प्रदेशको झापा जिल्ला र गण्डकी प्रदेश अन्तर्गतका तनहुँ र नवलपुर जिल्ला समिति रहेका छन् ।
दमकको थ्री इन होटलमा आयोजित कार्यक्रम बाट शत्रुधन चौधरीको अध्यक्षतामा झापा जिल्ला समिति पुन:र्गठन भएको छ ।त्यसै गरी जसपा नेपालको तनहुँ जिल्ला देउबहादुर थापा मगरको अध्यक्षतामा ३१ सदस्यीय समिति पुन:र्गठन भएको छ ।
त्यस्तै ओम बहादुर रानाको अध्यक्षतामा १७ सदस्यीय नवलपुर जिल्ला समिति पुन:र्गठन भएको छ ।जनता सँग जसपा नेपाल आधारभूत संगठन निर्माणको चार महिने अभियान अन्तर्गत जसपा नेपालले संगठन गठन, पुनर्गठन, अनुगमन तथा विस्तारित बैठकको आयोजना गरि रहेको छ ।




















आफ्नो प्रतिकृया दिनुहोस्