Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

कांग्रेसले सातै प्रदेशमा गरेको अन्तरक्रियामा नेपाललाई हिन्दू राष्ट्र बनाउने सुझाव

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
चैत्र ७, २०८१
In पार्टी खबर 
0

७ चैत्र,काठमाडौं: नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभाग तथा नेपाल डेमोक्रेटिक लयर्स एशोसियसनले संविधान संशोधन सम्बन्धी सातै प्रदेशमा आयोजना गरेका अन्तरक्रियामा नेपाललाई धर्मनिरपेक्ष राष्ट्रको सट्टा हिन्दू राष्ट्र बनाउनुपर्ने सुझाव प्राप्त भएको छ।

देशभर आयोजित अन्तरक्रियामा सहभागीहरूले संविधान संशोधन गरी हिन्दू राष्ट्र पुन:स्थापना गर्नु पर्ने, साथै नेपालमा राजसंस्थालाई कुनै न कुनै रूपमा स्थान दिनु पर्ने माग राखेका थिए। कांग्रेसको उक्त विभागले यी सुझाव समेटिएको प्रतिवेदन बुधबार पार्टी सभापति शेरबहादुर देउवा लाई बुझाएको छ।

संविधान संशोधनका लागि प्रमुख सुझावहरू

बुधबार सानेपामा आयोजित कार्यक्रममा पेशागत तथा बुद्धिजीवी विभाग प्रमुख डा. डिला संग्रौला पन्तले प्रतिवेदन सभापति देउवालाई हस्तान्तरण गरिन्। प्रतिवेदनमा निम्न सुझावहरू समेटिएका छन्:

  • धर्म निरपेक्षता खारेज गरी नेपाललाई हिन्दू राष्ट्र बनाउने।
  • प्रतिनिधि सभा र प्रदेश सभामा प्रत्यक्ष निर्वाचित प्रणाली मात्र राख्ने।
  • संविधानको प्रस्तावनामै हिन्दू राष्ट्र उल्लेख गर्ने।
  • संघीयतालाई बलियो बनाउन प्रतिनिधि सभामा १६५ जना मात्र प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने।
  • प्रतिनिधि सभा र प्रदेश सभाबाट समानुपातिक निर्वाचन प्रणाली हटाउने र राष्ट्रिय सभालाई पूर्ण समानुपातिक प्रणालीमा लैजाने।
  • प्रतिनिधि सभालाई समावेशी बनाउन महिलाहरूका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्ने, थ्रेसहोल्डको प्रतिशत बढाउने।
  • राष्ट्रिय सभामा दलित र महिलाका लागि ३३ प्रतिशत आरक्षण व्यवस्था गर्ने।
  • स्थानीय तहको संख्या घटाउने र जिल्ला समन्वय समिति खारेज गर्ने।
  • निर्वाचन क्षेत्र निर्धारणमा जनसंख्याका साथै भूगोललाई पनि आधार बनाउने।
  • स्थानीय तहमा प्रमुख र उपप्रमुखमध्ये एक जना महिला अनिवार्य रूपमा सुनिश्चित गर्ने।
  • राज्यका हरेक निकायमा महिलाको प्रतिनिधित्व ५० प्रतिशत पुर्‍याउने।
  • ७० वर्ष पुगेका व्यक्तिहरूलाई जनप्रतिनिधि बन्न नपाउने व्यवस्था गर्ने।
  • जनप्रतिनिधि बन्न कम्तीमा एसएलसी (प्रवेशिका) उत्तीर्ण गरेको हुनुपर्ने।
  • निर्वाचित जनप्रतिनिधिलाई सरकारी तलब तथा सेवा सुविधा नदिने।

संविधान संशोधन आवश्यक: सभापति देउवा

प्रतिवेदन ग्रहण गर्दै पार्टी सभापति शेरबहादुर देउवाले हालको संविधानअनुसार कुनै पनि दललाई बहुमत ल्याउन कठिन हुने बताए। त्यसैले समय अनुसार संविधान संशोधन आवश्यक रहेको उनको भनाइ थियो।

विभाग प्रमुख संग्रौलाले सातै प्रदेशमा कार्यक्रम गरेर सुझाव संकलन गरी प्रतिवेदन तयार गरिएको बताइन्। उनले भनिन्, “हामीले सातै प्रदेशबाट प्राप्त सुझाव संकलन गरी पार्टी सभापतिलाई बुझाएका छौं। यसले संविधान संशोधन बारे पार्टीको धारणा बनाउन मदत गर्नेछ।”

नेपालको संविधानमा सुधार आवश्यक रहेको भन्दै सातै प्रदेशमा कार्यक्रम गरेर पार्टी लाई प्रतिवेदन बुझाउने पहिलो विभाग कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभाग बनेको छ।

  • 39shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

पार्टी खबर 

एमाले संसदीय दलको नेता बने राम बहादुर थापा बादल

चैत्र १८, २०८२
पार्टी खबर 

एमाले धनुषाको चेतावनी: “ओलीको गिरफ्तारी राजनीतिक प्रतिशोध, अविलम्ब रिहा गर”

चैत्र १५, २०८२
पार्टी खबर 

धनुषा निर्वाचन क्षेत्र नम्बर–३ का उम्मेदवार रास्वपा मा प्रवेश

माघ २८, २०८२
पार्टी खबर 

रास्वपाका उम्मेदवारले केन्द्रीय कार्यालयमा करारपत्रमा हस्ताक्षर गर्नुपर्ने

माघ २४, २०८२
पार्टी खबर 

चुनावी अभियानमा बालिकाको मृत्यु: रास्वपा द्वारा क्षतिपूर्ति र न्यायको प्रतिबद्धता

माघ २३, २०८२
पार्टी खबर 

वरिष्ठ नेता बालेनद्वारा सुर्खेतमा उम्मेदवारसँग परामर्श

माघ १७, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend