१९ चैत्र, मटिहानी, (महोत्तरी): मटिहानी नगरपालिकाका हलुका सवारी चालक विजय सहनीको असामयिक निधन प्रति नगरपालिकाले गहिरो शोक व्यक्त गर्दै आज नगरपालिका तथा वडा कार्यालयहरू बन्द गरिएको छ।

स्व. सहनी एक कुशल चालक मात्र नभई मृदुभाषी र अत्यन्त मिलनसार व्यक्ति हुनु हुन्थ्यो। उहाँको असमयिक निधनले नगरपालिकालाई ठूलो क्षति पुगेको मटिहानी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्माले बताउनु भयो।
नगर कार्यपालिकाको आकस्मिक बैठकले दिवंगत सहनी प्रति श्रद्धाञ्जली अर्पण गर्दै, उहाँको परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।

श्रद्धाञ्जली कार्यक्रममा मटिहानी नगर प्रमुख हरि प्रसाद मण्डल, उप-प्रमुख मंजु देवी साह, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा सम्पूर्ण राष्ट्र सेवक कर्मचारीहरूको उपस्थिति रहेको थियो।

नगरपालिकाले स्व. सहनी प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उहाँको परिवारलाई आवश्यक सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

आफ्नो प्रतिकृया दिनुहोस्