Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

धनुषा एमाले अधिवेशन तनावग्रस्त, मतदाता नामावलीमा धाँधलीको आरोप

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
बैशाख २३, २०८२
In पार्टी खबर 
0

२३ बैशाख,जनकपुरधाम : नेकपा (एमाले) धनुषा जिल्ला अधिवेशन निर्वाचन प्रक्रियामा प्रवेश गर्ने क्रममा गम्भीर विवाद उत्पन्न भएको छ। निर्वाचन समितिले मंगलबारका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै सम्पूर्ण तयारी पूरा गरिसकेको थियो। तर, अन्तिम मतदाता नामावली सार्वजनिक भए पछि एक पक्षले समिति माथि पक्षपात र धाँधलीको आरोप लगाउँदै कडा विरोध जनाए पछि अधिवेशन स्थल तनावग्रस्त बनेको हो।

विवाद उत्कर्षमा पुगे पछि अधिवेशन स्थलमा कुर्सी हानाहानको स्थिति उत्पन्न भयो। आक्रोशित कार्यकर्ताहरूले निर्वाचन समितिको निर्णय प्रति असन्तुष्टि जनाउँदै कुर्सी प्रहार गरेका थिए। प्रत्यक्षदर्शीका अनुसार कुर्सी प्रहारको क्रममा वर्तमान अध्यक्ष राजकिशोर यादव समेत लक्षित भएका छन्, यद्यपि यसबारे औपचारिक पुष्टि भने हुन बाँकी छ।

दुई उम्मेदवार बीच अध्यक्ष पदको प्रतिस्पर्धा

अध्यक्ष पदका लागि भोला यादव र लक्ष्मी नारायण यादव बीच प्रतिष्पर्धा भइरहेको छ। सोमबार राति सम्म उम्मेदवारी दर्ता सम्पन्न भइसकेको थियो। तर, अन्तिम मतदाता नामावलीमा केही नामहरू हटाइएको र केही नयाँ थपिएको भन्दै असन्तुष्टि चुलिएको हो।

पाँच पदाधिकारी र १३५ सदस्य चयन हुने

जिल्ला अधिवेशन बाट अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव, महिला उपसचिव सहित १३५ सदस्यीय जिल्ला कमिटी चयन गरिनेछ। हाल पार्टी भित्र महासेठ समूह र मण्डल–अरगरिया–झा समूह बीच गुटगत प्रतिस्पर्धा तीव्र देखिएको छ। दुबै पक्षले प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन्।

पार्टी भित्र बाटै सक्रिय र योगदान दिएका युवा कार्यकर्ताहरूलाई सदस्यताबाट बञ्चित गरिएको गुनासो उठ्दै आएको छ, जसले आन्तरिक लोकतन्त्र र नेतृत्व चयन प्रक्रतिको विश्वसनीयता माथि प्रश्न उठाएको छ।

निर्वाचन समितिको मौनता

निर्वाचन समितिका पदाधिकारीहरू भने अहिले सम्म यस विषयमा बोल्न तयार भएका छैनन्। विवाद समाधानका लागि प्रयास भइरहेको समितिस्रोतले जनाएको छ। स्थिति थप जटिल नहोस् भनेर सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ।

  • 23shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

पार्टी खबर 

एमाले संसदीय दलको नेता बने राम बहादुर थापा बादल

चैत्र १८, २०८२
पार्टी खबर 

एमाले धनुषाको चेतावनी: “ओलीको गिरफ्तारी राजनीतिक प्रतिशोध, अविलम्ब रिहा गर”

चैत्र १५, २०८२
पार्टी खबर 

धनुषा निर्वाचन क्षेत्र नम्बर–३ का उम्मेदवार रास्वपा मा प्रवेश

माघ २८, २०८२
पार्टी खबर 

रास्वपाका उम्मेदवारले केन्द्रीय कार्यालयमा करारपत्रमा हस्ताक्षर गर्नुपर्ने

माघ २४, २०८२
पार्टी खबर 

चुनावी अभियानमा बालिकाको मृत्यु: रास्वपा द्वारा क्षतिपूर्ति र न्यायको प्रतिबद्धता

माघ २३, २०८२
पार्टी खबर 

वरिष्ठ नेता बालेनद्वारा सुर्खेतमा उम्मेदवारसँग परामर्श

माघ १७, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend