Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

“धनुषा अधिवेशन रणभूमिमा परिणत, झडपमा कार्यकर्ता घाइते”

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
बैशाख २३, २०८२
In पार्टी खबर 
0

२३ वैशाख,जनकपुरधाम : नेकपा (एमाले) धनुषाको आठौं जिल्ला अधिवेशन तनावपूर्ण बनेको छ। अन्तिम मतदाता नामावलीको विषय लाई लिएर सुरु भएको विवाद झडपमा परिणत भए पछि अधिवेशन स्थल महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र तनावको केन्द्रबिन्दु बनेको हो।

निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको बेला मंगलबार बिहान अधिवेशन स्थलमा दुई पक्ष बीच ढुंगा हानाहान, कुर्सी प्रहार, पण्डाल तोडफोड र सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने घटनाहरू भएका छन्। रुखका हाँगा लगायत प्राङ्गणमा रहेका अन्य वस्तुहरू समेत क्षतिग्रस्त भएको जनाइएको छ। झडपका क्रममा केही स्थानीय नेता तथा कार्यकर्ता घाइते भएका छन्। उनीहरूको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

मतदाता नामावली विवादपछि स्थिति विस्फोट

समस्या सोमबार राति उम्मेदवारी दर्ता सम्पन्न भए पछिको चरणमा देखिएको हो। अध्यक्ष पदका लागि भोला यादव र लक्ष्मी नारायण यादव प्रतिस्पर्धामा छन्। तर अन्तिम नामावलीमा केही नाम हटाइएको र नयाँ नाम थपिएको भन्दै एक पक्षले निर्वाचन समितिमाथि धाँधली र पक्षपातको आरोप लगाउँदै विरोध जनाएपछि स्थिति चर्किएको हो।

सोमबार सम्म सर्वसम्मतिको प्रयास असफल भए पछि निर्वाचन प्रक्रिया बाट नेतृत्व चयन गर्ने निर्णय गरिएको थियो। निर्वाचन समितिले आज बिहान ८:३० बजे मतदान सुरु गर्ने कार्यतालिका तय गरेको भए पनि झडपका कारण अहिले सम्म मतदान प्रक्रिया सुरु हुन सकेको छैन।

गुटगत प्रतिस्पर्धा, आन्तरिक लोकतन्त्रमा प्रश्न

अधिवेशनमा महासेठ समूह र मण्डल–अरगरिया–झा समूह बीच तीव्र गुटगत प्रतिस्पर्धा देखिएको छ। दुबै पक्षले प्यानल बनाएर उम्मेदवारी दिएका छन्। पार्टी भित्र सक्रिय र योगदान दिएका केही युवा कार्यकर्ताहरूलाई मतदाता सूची बाट बञ्चित गरिएको गुनासो उठिरहेका छन्, जसले आन्तरिक लोकतन्त्र प्रति गम्भीर प्रश्न खडा गरेको छ।

सुरक्षा अवस्था कडा, झडप रोक्न प्रयास जारी

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार स्थिति नियन्त्रणमा लिन थप सुरक्षाकर्मी परिचालन गरिएको छ। तर अवस्था पूर्णरूपमा नियन्त्रणमा आउन समय लाग्ने देखिएको छ।


???? थप अपडेटको लागि हाम्रो पोर्टलमा नियमित भ्रमण गर्नुहोस्। घटनास्थलबाट थप विवरण आउने क्रममा छ।

  • 32shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

पार्टी खबर 

जसपा नेपाल धनुषाको अध्यक्षमा पुन: पशुपति यादव

बैशाख २९, २०८२
पार्टी खबर 

धनुषा एमाले अधिवेशन तनावग्रस्त, मतदाता नामावलीमा धाँधलीको आरोप

बैशाख २३, २०८२
पार्टी खबर 

कांग्रेसले सातै प्रदेशमा गरेको अन्तरक्रियामा नेपाललाई हिन्दू राष्ट्र बनाउने सुझाव

चैत्र ६, २०८१
पार्टी खबर 

न्यायको माग गर्दै जनकपुरधाममा स्वाधीन मधेश जनअभियानको र्‍याली

चैत्र २, २०८१
पार्टी खबर 

नयाँ शक्ति पार्टीले जिल्ला उत्प्रेरक तोक्यो 

फाल्गुन २१, २०८१
पार्टी खबर 

एमालेले नेता भीम रावल लाई साधारण सदस्य बाट हटायो, विन्दा र उषा किरणको जिम्मेवारी खोसियो

पुस १०, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

चलचित्र ‘रिमै’ को फर्स्टलुक पोस्टर सार्वजनिक, भदौ २७ गते बाट प्रदर्शनमा आउने

बैशाख ३०, २०८२

धार्मिक सम्प्रदायमा असर पार्ने भिडियो बनाएको आरोपमा रौतहटमा युवक पक्राउ

बैशाख ३०, २०८२

लिभर ट्रान्सप्लान्टमा नेपाल संसारकै सस्तो देश हो : डा.एकानन्द सिंह

बैशाख २९, २०८२

नेपालले दक्ष नर्स उत्पादन गर्छ तर विदेशले फाइदा लिइरहेको छ

बैशाख २९, २०८२

भारत–पाकिस्तानको युद्धविरामको घोषणा पछि कश्मीरमा चहलपहल बढ्यो

बैशाख २९, २०८२

जसपा नेपाल धनुषाको अध्यक्षमा पुन: पशुपति यादव

बैशाख २९, २०८२

बुद्धका मार्गदर्शनले दृष्टि सम्यक्, विचार शुद्ध र कर्म उज्यालो बनोस् : प्रधानमन्त्री ओली

बैशाख २९, २०८२

किराँत समुदायमा आज उभौली पर्व, चण्डी पूर्णिमा र चण्डेश्वरी जात्राको पनि शुभारम्भ

बैशाख २९, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend