Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

सरकारबाट मिडिया माथि कुनै दबाब छैन : प्रधानमन्त्री ओली

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
बैशाख २४, २०८२
In विशेष खबर
0

२४ वैशाख, काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान समयमा सञ्चार-माध्यमहरू स्वतन्त्र रूपमा काम गरिरहेको बताउँदै सरकारको तर्फबाट कुनै दबाब, निर्देशन वा नियन्त्रण नरहेको स्पष्ट पारेका छन्।

बुधबार काठमाडौंमा आयोजित गोरखापत्र संस्थानको १२५औं वर्ष प्रवेश तथा ६३औं वार्षिकोत्सव समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले विगतमा पत्रकारहरू स्वतन्त्र रूपमा लेख्न नपाउने अवस्था रहेको स्मरण गरे। तर अहिलेको परिवेशमा मिडिया लाई पूर्ण स्वतन्त्रता प्राप्त रहेको दाबी गरे।

उनले भने, “गोरखापत्रले धेरै उतार-चढाव देखेको छ। पहिले सम्पादकीय लेख्न निकै गाह्रो थियो। आज तपाईंहरू स्वतन्त्र रूपमा जे मन लाग्छ लेख्न सक्नुहुन्छ। प्रधानमन्त्री वा सरकार बाट कुनै दबाब, निर्देशन वा संकेत आएको छैन। आँखा झिम्काउने सम्म गरिएको छैन।”

प्रधानमन्त्री ओलीले डिजिटल प्रविधिको विस्तार सँगै छापा माध्यमको भूमिका घटेको भन्ने धारणा गलत भएको बताए। उनले गोरखापत्र जस्ता पत्रिकाहरूको महत्व अझै कायम रहेको उल्लेख गरे।

“कतिपयले भन्छन् कि अनलाइनको समयमा पत्रपत्रिकाको आवश्यकता छैन,” उनले भने, “तर डिजिटलमा सामग्री खोज्न र संग्रह गर्न कठिन हुन्छ। त्यसैले गोरखापत्रको सान्दर्भिकता अझै यथावत् छ र यो अझै रहिरहनेछ।”

  • 15shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विशेष खबर

प्रधानमन्त्री कार्की र बेलायती राजदूत फेनबीच शिष्टाचार भेट

अशोज २९, २०८२
विशेष खबर

वर्तमान सरकार युवा पुस्ताले चाहेको परिवर्तन प्रति समर्पित : प्रधानमन्त्री कार्की

अशोज २४, २०८२
विशेष खबर

मेयर बालेन्द्र र सुधन विरुद्ध जाहेरी

अशोज २१, २०८२
विशेष खबर

बाढी–पहिरो पीडित प्रति प्रधानमन्त्री कार्कीको समवेदना

अशोज २०, २०८२
विशेष खबर

प्रधानमन्त्री कार्कीले बडादसैंको टीका–जमरा नलगाउने

अशोज १३, २०८२
विशेष खबर

ओली सहित पाँच जनाको विदेश भ्रमण रोक्न आयोगको सिफारिस

अशोज १२, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

युवा उठे भने परिवर्तन रोकिन्न , निर्वाचन नै त्यसको शुरुवात हो: (सम्पादकीय)

कार्तिक १२, २०८२

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

कार्तिक १, २०८२

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, एक पक्षको बहिष्कार घोषणा

अशोज ३०, २०८२

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२

आज विश्व खाद्य दिवस मनाइँदै

अशोज ३०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend