Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

लिभर ट्रान्सप्लान्टमा नेपाल संसारकै सस्तो देश हो : डा.एकानन्द सिंह

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
बैशाख २९, २०८२
In स्वास्थ्य खबर
0

मनिषा बस्नेत

१) लिभरमा कस्ता कस्ता समस्याहरु हुन्छन् ? कस्तो अवस्थामा लिभरको सर्जरी नै गर्नु पर्छ ?
कलेजोमा समस्याहरु त विभिन्न खाले हुन्छन् । तर सर्जरीमा जानुपर्ने चाहीं थोरै मात्रामा हुन्छन् । जनमानसमा विभिन्न खालको अवधारण रहेको पाइन्छ । पेटको अल्ट्रा साउण्ड गर्न जाँदा त्यहाँ फ्याट लिभर भनेर लेखिएको हुन्छ । सुरुमा फ्याट लिभर बिग्रिँदै गए पछि हाइड्रोसिस वा सिरोसिस हुने गर्छ । त्यसैले हामीले लिभर सिरोसिसलाई कन्ट्रोलमा राख्नु पर्छ । यो विग्रियो भने कलेजो पूरै नासिन्छ । त्यसमा लिभर ट्रान्सप्लान्ट आवश्यक पर्न सक्छ । कलेजोको रोगहरु पनि धेरै प्रकारको हुन्छन् । अपरेशन गर्नु पर्ने, नर्मल ट्युमरका समस्याहरु हुन सक्छन् ।

त्यसमा हामी काम गर्न सक्छौं । इन्साइटमा त्यो ग्रोथ के हो भनेर पनि बुझ्नु पर्छ । लिभरमा सुरुको समस्या हेर्दा खेरि थाहा नै हुँदैन । अन्तिम स्टेजमा समस्या भएर आउँदा खेरि त्यो अन्तिममै गइसकेको हुन्छ । त्यसैले सुरुको समस्या पत्ता लगाउनको लागि रेगुलर चेकअप नै गर्नुपर्छ । चेकअप धेरै साधारण छ । साधारण रगत परीक्षण, लिभर फङ्सन टेस्ट पेटको अल्ट्रासाउण्ड गर्दा थाहा हुन्छ लिभरको अवस्था थाहा हुन्छ । जन्डिस भएर धेरै कमजोरी भएर, पेटमा पानी भरिएर आउनु भनेको लिभर रोगको अन्तिम अवस्था हुन सक्छ । त्यसैले साधारणतया सुरुमा थाहा हुँदैन । यसको लागि नियमित चेकअप नै गर्नु पर्छ । रुटिन चेकअप गर्दा थाहा हुन्छ । आफ्नो डेली लाइफ स्टाइल, एक्साइज र खानपिनले यसमा धेरै मद्दत गर्छ ।


२) लिभर सिरोसिस भएको सुरुवाती लक्षण कसरी थाहा पाउने ?
लिभर सिरोसिस भनेको कलेजो सप्ट हुनु हो । बोडरहरु स्टिफ हुन्छ । फ्याट लिभर हुने वित्तिकै अलिकति हार्डनेश सुरु हुनथाल्छ । सिरोसिसमा धेरै नै हार्ड हुन्छ । प्रोगेसिस, सिरोसिस पहिला नर्मल देखि फाइग्रोसिस हुँदै कडा हुन्छ । नेपालमा हेर्ने हो सिरोसिस हुने भनेको रक्सी सेवनले हो । अरु देशमा अरु कुराहरुले यस्तो हुन्छ भने हाम्रो नेपालमा रक्सी सेवनले यस्तो हुने गर्छ । अहिले खानपिन र शरीरको बनावटका कारण पनि लिभर सिरोसिस हुने गर्छ । विभिन्न क्षेत्रमा, विभिन्न कारणले हुने गर्दछ ।


३) कलेजोको क्यान्सर कसरी हुन्छ ?
कलेजोको क्यान्सर हेर्दा खेरी ८० प्रतिशत केसमा चाँही लिभर सिरोसिस भएको मान्छे कलेजोको क्यान्सर भएका पाएका छौं । सिरोसिस नभएको मान्छेमा पनि कलेजोको क्यान्सर हुन्छ थोरै मात्रामा । सिरोसिस लाई विग्रिन नदिने उपायहरु गर्न आवश्यक छ । समय समयमा क्यान्सरको पनि चेक गर्नु पर्ने हुन्छ । कलेजो फिजिसियन, कलेजो सम्बन्धि विशेषज्ञ कहाँ गएर नियमित परिक्षण गर्नु पर्छ । क्यान्सर भन्ने वित्तिकै डर लाग्दो कुरा हो । यसको उपचार हुन्छ की हुँदैन भन्ने दोधार हुन्छ । कहीलेकाहीं यसको उपचार सम्भव पनि हुँदैन । त्यसैले सिरोसिस भएको मान्छेले समयमै रुटिन फलोअप गर्ने गर्नु पर्छ । सिरोसिस नै प्रमुख क्यान्सरको कारण हो भन्दा फरक पर्दैन ।


४) लिभरलाई बढी कुन चिजले नोक्सान गर्छ ? र कस्ता खानेकुरामा ध्यान दिनु पर्छ ?

लिभर लाई हेर्ने हो भने सबैभन्दा बढी अल्कोहलले नै हो खराब पार्ने । ८० प्रतिशत जति लिभरका बिरामी रक्सी सेवनले गर्दा भएको देखिन्छ । हेपाटाइटिसको कारणले पनि हुन्छ । हेपाटाइटिस ‘बी’ र ‘सी’को कारणले पनि हुन्छ । तर खानपिनको ध्यान दिन चाहीं जरुरी छ । लिभरको फङ्सन ५०० हुन्छ । प्रोटिन देखि लिएर धेरै नै आउँछ । धेरै प्रोटिन खानु पर्छ । सिरोसिस भइसकेको अवस्थामा रक्सी सेवन गर्नु हुँदैन् । लिभर वा कलेजो जोगाउन धेरै इफेक्ट गर्ने खानेकुराहरु नखाने, हेल्दी फाइबर डाइट भएको खानेकुरा सेवन गर्ने र प्रोटिन भएको डाइट खाने गर्नु पर्छ ।


५) कलेजो प्रत्यारोपणको अवस्था नेपालमा कस्तो छ ?
लिभर सिरोसिस नै विग्रिसकेपछि कलेजो प्रत्यारोपण नै गर्नु पर्ने हुन्छ । नत्र क्यान्सर हुन्छ । क्यान्सर लिभर भित्रै छ र वाहिर फैलिएको छैन भने ट्रान्सप्लान्ट गरेर बचाउन सकिन्छ । लिभर कलेजो प्रत्यारोपण भनेको कमप्लेक्स सर्जरी हो । यसमा खर्च बढि लाग्ने, स्किल वा मेनपावरको बढी आवश्यक पर्छ । नेपालमा लिभिङ डोनेट गर्ने चलन छ । कसैले दिनु पर्यो भने मानव अंग प्रत्यारोपण ऐन भन्ने छ । त्यो ऐन अनुसार आफ्नो नातेदारबाट लिनु पर्ने हुन्छ । डोनेटका लागि पनि अप्रेसन गर्नु पर्ने हुन्छ ।

केही उपाय नलागे पछि त्यो उपाय अन्तिम हो । सके सम्म पहिले कन्ट्रोल गरेर राख्नु नै उचित हुन्छ । नेपालको कलेजो प्रत्यारोपण २०१६ देखि सुरु भएको हो । आज भन्दा आठ नौं वर्ष पहिला बाट सुरु भएको हो । अहिले यसले राम्रो पीकअप लिएको छ । अहिले तीन वटा इन्स्युच्युट यसको काम भइरहेको छ । पहिला मानव अंग प्रत्यारोपण केन्द्र भक्तरपुरमा सुरु गरिएको थियो । त्यस पछि टिचिङ अस्पतालले सुरु गरेको छ । यसै गरी किष्ट मेडिकल कलेजमा लिभर ट्रान्सप्लान्ट राम्रो भइरहेको छ ।


६) नेपालमा विशेषगरी सर्जरीहरु कुन कुन विधिबाट हुन्छ ?
सर्जरी भन्ने कुराहरु दिनप्रतिदिन डेभलपमेन्ट भइरहेको हुन्छ । मेडिकल साइन्स पनि दिन प्रतिदिन नयाँ नयाँ रिर्सचले गर्दा प्रगति प्रोसेस बढि नै रहेको छ । अहिले सम्म संसारमा ९९ प्रतिशत ओपन सर्जरी नै भइरहेको छ । ओपन भनेको पेटलाई काटेर पेटको प्वाँललाई भित्र अर्थात जुन पुरानो विग्रिएको नासिएको कलेजो छ त्यस लाई निकालेर त्यो ठाउँमा अर्को कलेजो राख्ने गरिन्छ । जो डोनेट बाट आउँछ । नेपालमा लिभिङ डोनेट बाट गर्छौं भने अरु देशमा डिजिज डोनेट बाट प्रत्यारोपण गर्छन् । ब्रेन डेथ भएको बिरामीबाट पनि राख्ने गरिन्छ ।

अहिले सानो प्वाँलबाट पनि कलेजो प्रत्यारोपण गर्ने गरिन्छ । संसारमा १९६० मा पहिलो चोटी लिभर ट्रान्सप्लान्ट भएको थियो । लिभर रोगको लागि लिभर ट्रान्सप्लान्ट उपाय हो भनेर इग्ल्यान्डले सूचिकृत गरेको थियो । पछि अमेरिका र युरोपहरुमा हुन थाल्यो । भारतमा १९०८ मा सुरु भएको हो । नेपालमा २०१६ देखि सुरु भएको हो । यसको रिजल्ट धेरै राम्रो छ । एक पटक लिभर ट्रान्सप्लान्ट भइसके पछि साधारण जीवन हुन्छ । ३० वर्ष ४० वर्ष या ५०–६० वर्ष जति पनि बाँच्छ । एकदमै विश्वासिलो छ । यसमा फेलियर र सक्सेक भन्ने हुन्छ । पहिला फेलियरको रेट धेरै थियो । तर अहिले ९० प्रतिशत भन्दा बढि सफल भएर राम्रो रिजल्ट आएको छ ।


७) लिभर ट्रान्सप्लान्टमा खर्च चाँही के कति लाग्छ ?
म भर्खरै अमेरिकामा लिभर ट्रान्सप्लान्ट सम्बन्धी अस्पतालको दुई महिनाको भिजिटमा थिए । नेपालमा २० वटा ट्रान्सप्लान्ट गर्ने खर्च र अमेरिकामा एउटा ट्रान्सप्लान्ट गर्ने खर्च उस्तै छ । त्यसैले लिभर ट्रान्सप्लान्टमा नेपाल संसारकै सस्तो देश हो । किनकी हामी सुरुवाती चरणमा छौं । निजी अस्पतालहरुले पनि यसमा फाइदा राखेको छैन् । मेनपावर सस्तो छ । डक्टर वा नर्स सबै सस्तो छन् नेपालमा ।


औषधी लाग्ने भनेको संसारमा सबै ठाउँमा उही औषधी हो । औषधी उही लाग्ने हो । तर मेनपावर सस्तो भएका कारणले नेपालमा धेरै सस्तो भएको हो । तर अरु रोगको तुलनामा चाँही महङ्गो नै हो । १५,२० दिन अस्पतालमा बस्नु पर्ने हुन्छ । दाता र विरामी दुबैको खर्च जोड्दा ३०–३५ लाख जति लाग्छ ।


८) लिभर ट्रान्सप्लान्ट गरेका विरामीहरुले कस्तो–कस्तो सावधानी अपनाउनु पर्छ ?
लिभर ट्रान्सप्लान्ट गरेको विरामीलाई अरुको लिभर ल्याएर राखेको हुन्छ । त्यस लाई एन्टीबढि भनिन्छ । बाहिर बाट आएको तत्व भएको कारणले रियाक्सन गरिरहेको हुन्छ । रिजेक्ट गर्ने कोशिस गर्छ । त्यसैले त्यो रिजेक्ट नगरोस् भन्नको लागि औषधी दिएका हुन्छौं । त्यसले संक्रमण हुन सक्ने सम्भावना हुन्छ । त्यसैले यसबाट बच्नु पर्ने हुन्छ । विस्तारै शरीरले समायोजन गर्ने गर्छ तर सुरुमा मात्र अलि अप्ठ्यारो हो । रिजेक्सन नहोस् भन्नको लागि औषधी चाँही दिनहुँ खानु पर्ने हुन्छ । ब्लड सुगर हाई हुने जस्तो विरामी छ भने चाँही एउटा औषधी चाँही जीवनभर खानु पर्ने हुन्छ । त्यो लिभर लाई बचाउनको लागि हो । व्यायमहरु पनि गर्नु पर्छ ।


९) लिभर ट्रान्सप्लान्ट बारे केही भन्न चाहनु हुन्छ ?
लिभर ट्रान्सप्लान्ट नेपालमा सुरु भएको आठ–नौं बर्ष भयो । लिभर ट्रान्सप्लान्टको रिजल्ट हेर्ने हो भने भारतमा र नेपालमा अहिले बराबर नै छ । लिभर ट्रान्सप्लान्ट यहाँ पनि हुन्छ भनेर मानिसहरु धेरैलाई थाहा नै छैन् । भारतमा भन्दा ट्रान्सप्लान्ट नेपालमा नै सहज छ । अस्पतालको चार्जहरु पनि यही सस्तो छ । कलेजोे दिनेलाई चाँही असर हुन्छ कि हुँदैन् भन्ने कुरा पनि आउँछ । अंग दिनेलाई चाँही १०० प्रतिशत सेफ्टी हो भनेपछि मात्र स्वीकृत गर्न सकिन्छ । त्यसको लागि विभिन्न टेस्टहरु गर्नुपर्छ । डोनर चाँही सेफ हुन्छ अंग दिए पछि भन्ने भए पछि बल्ल हामी अपरेशन सुरु गछौं । डोनर पनि सेफ हुन्छ ।

कलेजो शरीर भित्रको ठूलो अंग हो । र आफै पलाएर आउँछ । जब काटेर दिन्छौ त्यो दुई जनाको टुक्रा एक महिनादेखि डेढ महिनामा एकसय प्रतिशत जति पलाएर आउँछ । अपरेसन गरेको दिन देखि नै काम गरिराखेको हुन्छ । एक डेढ महिनामा नै साइजमा पनि आइ सक्छ । अहिले सम्म हामीले ५० वटा लिभर ट्रान्सप्लान्ट गर्यौं होला कुनै डोनर लाई केही भएको छैन् । डोनर सर्जरी गरिसके पछि वा डिस्चार्ज गरिसके पछि कुनै किसिमको फलोअप चाहिँदैन् । भविष्यमा गएर त डोनेसन नगरेको लाई पनि त कुनै किसिमको रोग लाग्न सक्छ नि त्यो बेग्लै कुरा हो । तर कलेजो दान दिएको कारणले भविष्यमा सोही किसिमको रोग लाग्ने भन्ने कुरा चाँही हुँदैन् । खानपान पनि वार्नु पर्दैन् ।

डा.एकानन्द सिंह
कलेजो प्रत्यारोपण सर्जन

  • 36shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

स्वास्थ्य खबर

दिनको सुरुवात योग र ध्यानबाट गर्दा मानसिक स्वास्थ्यमा सुधार

फाल्गुन २९, २०८२
स्वास्थ्य खबर

स्वास्थ्यका लागि हानिकारक हुन सक्छन् बिहानका यस्ता बानी

फाल्गुन १२, २०८२
स्वास्थ्य खबर

सर्लाहीका १२ पालिकामा फेरि फैलियो हात्तीपाइले, ४ लाखभन्दा बढी नागरिकलाई औषधि खुवाइँदै

माघ १६, २०८२
स्वास्थ्य खबर

वीरगञ्जमा हैजाको संक्रमण पुष्टि, दुई दिन विद्यालय बन्द

भदौ ७, २०८२
स्वास्थ्य खबर

‘मिस ग्राण्ड नेपाल २०२५’ को उपाधि चाहाना प्रधानलाई

साउन ४, २०८२
स्वास्थ्य खबर

मिस्टर एण्ड मिस नेपाल जुनियर इन्टरनेशनलका बिजेताहरु थाईल्याण्ड जादै

जेष्ठ २१, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

आँजुरमे आकाश : सडकमा पोखिएको सपना, पसिना र कलाकारको संघर्ष

अशोज ४, २०८३

संविधान दिवसमा शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शाह सहभागी

अशोज ३, २०८३

‘यो सुरुवात हो, अन्त्य होइन’ : संविधान दिवसमा प्रधानमन्त्री शाहको स्पष्ट सन्देश

अशोज ३, २०८३

१३ देशका लागि राजदूत सिफारिस, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ

अशोज २, २०८३

प्रधानमन्त्री शाहको जेन्जी सांसदलाई आग्रह : आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गरौँ

अशोज २, २०८३

बेखबर जनकपुरको खबर : मिश्राजी सेहो एहि बेर मेयर पदके प्रत्याशी बनताह ?

भदौ ३१, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा

भदौ २९, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा नियुक्त, विकासलाई गति दिने अपेक्षा

भदौ २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend