५ जेठ, रौतहट: सर्लाहीको लालबन्दी नगरपालिका–१७, रानिगञ्ज स्थित घिमिरे चोकमा बस र म्याजिक ठोक्किँदा एक युवतीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य आठ जना घाइते भएका छन् ।
सोमबार अपरान्ह करिब ४:४५ बजे विराटनगरबाट मलङ्गवार तर्फ जाँदै गरेको ना.६ ख ७२२७ नम्बरको बस र लालबन्दी बाट बयलवास तर्फ गइरहेको ना.१ ज २६४५ नम्बरको म्याजिक ठोक्किँदा म्याजिकमा सवार रानिगञ्ज निवासी २२ वर्षीया सोना पन्तको घटनास्थलमै मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्र सिंह जोहारीका अनुसार राजमार्ग विस्तारका लागि निर्माण गरिएको डाइभर्सनमा दुर्घटना भएको हो । घाइतेहरूको स्थानीय मोडेल अस्पतालमा उपचार भइरहेको छ ।
मृतकको शव सोही अस्पतालमा राखिएको छ भने घटना सम्बन्धी थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जानकारी दिएको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्