२७ जेठ,काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले सञ्चालन गरेको खुलामुखी लगानी योजना ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’ को इकाइ खरिदका लागि आवेदन दिने अवधि असार ६ गते सम्म थप गरिएको छ।
यस योजना अन्तर्गत क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा २५ करोड रुपैयाँ बराबरका २ करोड ५० लाख इकाइ बिक्रीमा ल्याएको थियो। यसअघि आवेदन दिने अन्तिम म्याद छिटोमा जेठ २७ गते र ढिलोमा असार ६ गतेसम्म तोकिएको थियो। तर, अपेक्षा अनुसार आवेदन नपरेपछि अब असार ६ गते सम्म आवेदन दिन सकिने भएको हो।
क्यापिटलले माग भन्दा बढी आवेदन परेमा असार ६ गते भन्दा अघिनै बिक्री प्रक्रिया बन्द गर्न सकिने जानकारी दिएको छ।यस योजनामा न्यूनतम १०० इकाइ र अधिकतम ३१ लाख इकाइ सम्मको लागि आवेदन दिन सकिनेछ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड बाट स्वीकृत भएका बैंक तथा वित्तीय संस्थाका आस्वा सेवा दिने शाखाहरू बाट आवेदन दिन सक्ने छन्।धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको यो योजना खुलामुखी प्रकृतिको स्किम हो।



















आफ्नो प्रतिकृया दिनुहोस्