२९ जेठ,काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सबै मधेसीहरु एकजुट हुन आवश्यक रहेको बताएका छन् ।बिहीबार काठमाडौंमा जसपाको काठमाडौं उपत्यका गठन सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले काठमाडौंमा मधेसीहरु हेपिएको भन्दै आफ्नो हकको लागि एक ढिक्का भएर आवाज उठाउने उद्देश्यले जसपाको काठमाडौं उपत्यका गठन गरिएको जानकारी दिए ।

उनले भने,‘ मधेसी लाई हरेक कुरामा भेदभाव गरिएको छ ।कवाडीहरुले काठमाडौंमा आन्दोलन गर्दा लाठी चार्ज भयो । अरुले गर्दा केही भएन । त्यसैले हामी सबै मधेसी संगठित हुन आवश्यक छ । हामी एक ढिक्का भयौं भने काठमाडौंमा कसैले दबाउन सक्दैन् । काठमाडौं बस्ने मधेसवाला हरुको संगठित गरेर पार्टी सँग जोडिएको छ ।’
उनले मधेसीहरुको जनसंख्या धेरै भए पनि एकजुट हुन नसकेको कारण आफ्नो हकको लागि बोल्न नसकेको बताए । मुलुकको राजनीतिमा विसङ्गती र विकृति रहेको भन्दै राज्यले गरेको गलत कामलाई गलत भन्ने सामर्थ्य गठित संगठनले राख्नु पर्ने उनको भनाइ छ ।
उनले भने,‘हाम्रो यति धेरै जनसंख्या भए पनि एकजुट हुन सकेको छैन् । आफ्नो हकको लागि बोल्न सकेको छैन् । त्यसैले पार्टीमा विमर्श गर्यौं । मुलुकको राजनीतिमा विसङ्गती र विकृति छ । हामी त्यसमा खडा हुनु पर्छ । राज्यले गरेको गलत कामलाई गलत भन्न सक्नु पर्छ र न्याय र अधिकारको लागि पनि खडा हुनु पर्छ ।’



















आफ्नो प्रतिकृया दिनुहोस्