७ असार,जनकपुर । धनुषाको नगराईन नगरपालिका वडा नम्बर २ का कार्यवाहक वडाध्यक्ष रामपरी देवी मण्डलले सार्वजनिक बोट वृक्षहरु कटान गरेको भन्दै स्थानीयवासीहरुले विरोध गरेका छन् ।
नगराईन नगरपालिका स्थित जटहीमा शनिबार बिहान देखि दर्जन भन्दा बढी बोटवृक्ष कटान गरेको विरोधमा स्थानीय रोहित चौधरीले अनिश्चितकालीन अनसनमा बसेका छन् ।
दर्जन भन्दा बढी आँप, लिची, धातृ लगायतका रुखहरु काट्ने क्रममा विरोध गर्दा स्थानीय सत्यम् चौधरीलाई समेत कार्यवाहक वडाध्यक्ष रामपरी देवी मण्डलको निर्देशनमा उनका मान्छेहरुले कुटपिट गरेको अनसनकारी रोहित चौधरीले जानकारी दिए ।
अनसनमा बस्दै रोहित चौधरीले भने, ‘कार्यवाहक वडाध्यक्ष मण्डलले प्रकृतिलाई दोहन हुने गरी फलफुल लगायत प्रकृति तथा वातावरणलाई संरक्षण गर्ने रुखहरु बेमतलबमा काटेको र सोको विरोध गर्दा गुण्डा लगाएर कुटपिट गरे पछि आफूले उनको कार्यशैलीको विरोधमा अनसनमा बसेको छु ।’
उनले कार्यवाहक वडाध्यक्षको कार्यशैली र रुख काटेको विरोध गरेपछि गुण्डा लगाएर दुर्व्यवहार गर्दैै कुटपिट गर्न थाले पछि आफू अनसनमा बसेको बताए ।



















आफ्नो प्रतिकृया दिनुहोस्