Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

बालविवाह न्यूनीकरणमा मटिहानी नगरको सार्थक पहल : जनचेतना रयाली सम्पन्न

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार ११, २०८२
In स्थानीय
0

“सुखी, समृद्ध जीवन्त सहर, बाल-विवाहमुक्त मटिहानी नगर” नारासहित रयाली सम्पन्न

११ असार,मटिहानी, (महोत्तरी) : “सुखी, समृद्ध जीवन्त सहर, बाल-विवाहमुक्त मटिहानी नगर” भन्ने मूल नाराका साथ मटिहानी नगरपालिका वडा नं.–७ द्वारा बालविवाह न्यूनीकरण सम्बन्धी जनचेतना मूलक रयाली कार्यक्रम सम्पन्न गरिएको छ। नगर प्रमुख हरि प्रसाद मण्डलको नेतृत्वमा आयोजित रयाली मटिहानी नगरको विभिन्न भागको परिक्रमा गर्दै बालविवाह जस्तो सामाजिक कुप्रथाको अन्त्यका लागि सशक्त सन्देश दिइएको थियो।

उक्त कार्यक्रममा मटिहानी नगरपालिकाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सचिवहरु, नगरका कर्मचारीहरु, सुरक्षा निकायका प्रतिनिधिहरु, अभिभावक, विद्यार्थीहरु तथा स्थानीयवासीहरुको उल्लेखनीय सहभागिता रहेको थियो।

बालविवाह न्यूनीकरण तथा सामाजिक रुपान्तरणतर्फको महत्वपूर्ण पाइला मानिएको यस कार्यक्रममा स्थानीय तहको अग्रसरता र नेतृत्वले दीर्घकालीन सामाजिक परिवर्तन सम्भव हुने विश्वास दिलाएको छ।

कार्यक्रमबाट मटिहानी नगरपालिकामा निम्न लाभ र उपलब्धिहरु अपेक्षा गरिएको छ:बालबालिकाको भविष्यमा सुधार : समय भन्दा अगाडि विवाहका कारण पढाइ छुट्ने, स्वास्थ्यमा समस्या आउने अवस्थाबाट मुक्त गराउने।,शिक्षा क्षेत्रमा सुधार : विवाहलाई शिक्षाको अवरोध बन्न नदिने सन्देशले बालिका शिक्षामा उत्साह बढाउने।, महिला सशक्तीकरणमा टेवा : किशोरीहरुलाई आत्मनिर्भर बन्न समय, अवसर र समर्थनको वातावरण सिर्जना।,सामाजिक चेतनाको विस्तार : सहभागी समुदायका सदस्य मार्फत परिवार, छिमेक र समाजमा जनचेतना फैलाउने।,स्थानीय तहको पहिचान : मटिहानीलाई मधेश प्रदेशमै बालमैत्री र सचेत नगरको रूपमा स्थापित गर्न सहयोग।

रयालीको समापनमा नगर प्रमुख हरि प्रसाद मण्डलले सम्बोधन गर्दै भने, “बालविवाहको अन्त्य हाम्रो सामूहिक जिम्मेवारी हो। हामी बालबालिकालाई शिक्षित, सुरक्षित र सक्षम बनाउने प्रणका साथ अघि बढेका छौं। यस्ता जनचेतना कार्यक्रमहरु नगरको हरेक वडामा निरन्तर गरिनेछ।”

स्थानिय तहको सक्रियता र समुदायको सहभागिता बाट सुरु भएको यस्तो अभियानले मटिहानी नगरलाई बाल-विवाहमुक्त बनाउने दिशामा सार्थकता ल्याउने विश्वास गरिएको छ। यो कार्यक्रम रुढीवादी सोचको अन्त्य मात्र नभई, स्थानीय शासन प्रणालीले जनता सँग सिधा जोडिएको सामाजिक परिवर्तनको उदाहरण बनेको छ।


  • 68shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

स्थानीय

जनकपुरधाम उपमहानगरको १३औं नगरसभा सम्पन्न, नीति तथा कार्यक्रम सार्वजनिक

असार १०, २०८२
स्थानीय

धनुषाको नगराईन न. पा. मा वडाध्यक्षको विरोधमा अनसन

असार ७, २०८२
स्थानीय

‘मिस्टर महानगर’ उपाधिका लागि ३८ खेलाडी बीच प्रतिस्पर्धा, असार ७ गते हुने फाइनल

असार ६, २०८२
स्थानीय

वडा अध्यक्ष माथि भएको आक्रमण प्रति हेटौंडा उपमहानगरपालिको गम्भीर ध्यानाकर्षण 

असार ५, २०८२
स्थानीय

मटिहानी नगरपालिका बन्यो सबैभन्दा पहिलो बजेट ल्याउने पालिका

असार ५, २०८२
स्थानीय

मटिहानी नगरपालिकाको ४४ करोड ५० लाखको बजेट सार्वजनिक, कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन प्राथमिकतामा

असार ४, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

कस्तो रहयो परराष्ट्र मन्त्रीको एक वर्ष ?

असार ३१, २०८२

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४ करोड बजेट स्वीकृत

असार ३१, २०८२

मन्त्री राजकुमार गुप्ताको राजीनामा, घुस ऑडियो प्रकरण पछि जिम्मेवारीबाट अलग

असार ३१, २०८२
sun

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

असार ३१, २०८२

धनुषाको सबैला नगरपालिकाका पूर्व इन्जिनियर र वडा अध्यक्ष सहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा

असार ३१, २०८२

मुख्यमन्त्री सिंह द्वारा सुख्खा र खानेपानी समस्या समाधानका लागि संघीय सरकार र दातृ निकायलाई सहयोगको आग्रह

असार ३१, २०८२

मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा

असार २७, २०८२

सांसद अशोक यादव माथिको मुद्दा खारेज नगरे सशक्त संघर्ष गर्ने चेतावनी

असार २७, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend