Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

तराई–मधेशको खानेपानी समस्या समाधानका लागि मन्त्री यादव द्वारा विज्ञहरू सँग छलफल

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार ३२, २०८२
In मन्त्रालय
0

३२ असार,काठमाडौं। खानेपानी, सिँचाइ तथा जलस्रोत मन्त्री प्रदीप यादवले तराई–मधेशमा दिन प्रतिदिन गहिरिँदै गएको खानेपानी संकटको तत्काल तथा दीर्घकालीन समाधान खोज्न विज्ञहरू सँग गम्भीर छलफल गरेका छन्।

आज काठमाडौँ स्थित खानेपानी मन्त्रालयमा आयोजित छलफलमा मन्त्री यादवले पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका लगायत तराई–मधेशका विभिन्न जिल्लामा जलवायु परिवर्तन, भू–जलको खस्कँदो स्तर, चुरे क्षेत्रको दोहन र अव्यवस्थित शहरीकरणका कारण उत्पन्न भएको खानेपानी अभावबारे विज्ञहरूसँग विस्तृत विचार–विमर्श गरेका हुन्।

छलफलमा पुल्चोक क्याम्पसका हाइड्रोजियोलोजिस्ट विज्ञहरूले भू–जल संकट, पानी पुनःभरणका उपाय, वर्षा पानी संकलन प्रणाली, हरित क्षेत्र विस्तार तथा वैकल्पिक स्रोतको पहिचानजस्ता विषयमा वैज्ञानिक विश्लेषण प्रस्तुत गरेका थिए। खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई. रामकुमार श्रेष्ठले छलफलमा आएका सुझाव र विश्लेषणहरू नीति निर्माणका लागि महत्त्वपूर्ण हुने जानकारी दिए।

मन्त्रालयका सहसचिव तथा योजना महाशाखा प्रमुख ई. कमलराज श्रेष्ठका अनुसार, छलफलमा सहभागी विज्ञहरूको सहमतिमा एक अध्ययन टोली गठन गर्ने निर्णय समेत गरिएको छ। उक्त टोलीले तराई–मधेश क्षेत्रको जल अवस्था, भू–जल संरचना, प्रदूषणको अवस्था तथा दीर्घकालीन समाधानका उपायहरूबारे विस्तृत अध्ययन गर्नेछ।

कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, सहसचिव रामबाबु पुरी, मीना श्रेष्ठ, आयोजना प्रमुख सुरत बम, खानेपानी संस्थानका महाप्रवन्धक अर्जुनबाबु ढकाल, आयोजन निर्देशनालय प्रमुख लक्ष्मिप्रसाद उपाध्याय, भ्याली बोर्ड प्रमुख सञ्जिवीकृष्ण राणा, र पुल्चोक क्याम्पसका भूगर्भ विज्ञ भोला घिमिरे, देबी प्रसाद भट्टराई र प्रतापसिंह ताडबको पनि सहभागीता रहेको थियो।

मन्त्री यादवले तराई–मधेशमा खानेपानी संकट समाधान लाई सरकारको प्राथमिक एजेन्डाका रूपमा अघि बढाउने प्रतिवद्धता जनाउँदै, विज्ञहरूको सुझाव अनुसार योजनाबद्ध रुपमा समाधान तर्फ अघि बढ्ने बताएका छन्।

  • 24shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

मन्त्रालय

वैदेशिक रोजगारी सम्बन्धी गुनासा व्यवस्थापन चुनौतीपूर्ण: मन्त्री साह

चैत्र १८, २०८२
मन्त्रालय

तत्काल सडक खुलाउन र पुनर्निर्माणमा सरकार तत्पर : मन्त्री घिसिङ

अशोज १९, २०८२
मन्त्रालय

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग : परराष्ट्र मन्त्रालय

भदौ ५, २०८२
मन्त्रालय

अब सबै संघीय अस्पतालमा अनलाइन भुक्तानी

साउन २१, २०८२
मन्त्रालय

निर्माण सम्पन्न सहायक राजमार्ग अब प्रदेश र स्थानीय तहलाई जिम्मेवारी हस्तान्तरण हुने

साउन २०, २०८२
मन्त्रालय

सेवा एकद्वार प्रणाली मार्फत प्रविधिमैत्री बनाइँदै छ: श्रममन्त्री भण्डारी

साउन १२, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend