Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

वैदेशिक रोजगारी सम्बन्धी गुनासा व्यवस्थापन चुनौतीपूर्ण: मन्त्री साह

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
चैत्र १८, २०८२
In मन्त्रालय
0

१८ चैत,काठमाडौं ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दिपक साहले वैदेशिक रोजगारी सम्बन्धी गुनासा व्यवस्थापन चुनौतीपूर्ण रहेको बताएका छन्। उनले यसलाई समाधान गर्न सरकारभित्र समन्वय आवश्यक रहेको पनि जोड दिएका छन्।

बुधबार मन्त्रालयले अहिले सम्मका निर्णय र कार्यक्रमको समीक्षा गर्दै बोल्दै मन्त्री साहले वैदेशिक रोजगारी सँग सम्बन्धित गुनासा र ठगीका घटनाहरू मन्त्रालयका लागि सबैभन्दा ठूलो चुनौती भएको बताए।

मन्त्री साहले भने, “समाधान योजना अन्तर्गत सबैभन्दा ठूलो समस्या वैदेशिक रोजगारी सम्बन्धी गुनासाहरू हुन्। ठगीका घटनाहरू धेरै छन् र यसको व्यवस्थापन अत्यन्त चुनौती पूर्ण छ। यस विषयमा मैले विभागसँग पटक–पटक छलफल गरिसकेको छु।”

उनले यस बारे प्रधानमन्त्री बालेन शाह सँग पनि निरन्तर छलफल भइरहेको जानकारी दिए। उनले थपे, “हामी प्रधानमन्त्री सँग छलफल गरिरहेका छौं र कुन दिशामा जाने भन्ने बारे तादम्यता मिलाउनु आवश्यक छ। हामी समाधान कसरी गर्न सकिन्छ भन्नेमा केन्द्रित छौं।”

मन्त्री साहले मन्त्रालयमा रहेका फाइल र केसहरूको अवस्था बारे स्पष्टता अभाव रहेको पनि स्वीकार गरे। उनले भने, “धेरै फाइलहरू जलेका छन् भन्ने सुनेको छु। कसैले ४० हजार केस भन्छन्, कसैले ५० हजार, कसैले १८ हजार। यसमा धेरै भ्रम छ।”

आफू मन्त्री भएर आए पछि यथार्थ लुकाउन नचाहेको उनले बताए। “म मन्त्री भए पनि म तथ्य लुकाउन चाहन्नँ। अहिले ती केसहरूको वास्तविक अवस्था बुझ्ने क्रममा छु। हामी स्पष्ट छौं कि ती केसहरू कसरी घटाउन सकिन्छ भन्नेमा काम गर्नु पर्छ।”

मन्त्री साहले अवस्था विरोधाभास-पूर्ण रहेको स्वीकार्दै फाइल संकलनको काम भइरहेको जानकारी दिए। साथै, वैदेशिक रोजगारीमा रहेका कामदारहरूको अवस्थाबारे ट्र्याकिङ प्रणाली आवश्यक रहेको उल्लेख गर्दै भने, “को मान्छे कुन अवस्थामा छ भन्ने ट्र्याकिङको व्यवस्था हुनु पर्छ। मेरो अर्को प्राथमिकता अकुपेन्सनल हेल्थ र सेफ्टी हो।”

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

मन्त्रालय

तत्काल सडक खुलाउन र पुनर्निर्माणमा सरकार तत्पर : मन्त्री घिसिङ

अशोज १९, २०८२
मन्त्रालय

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग : परराष्ट्र मन्त्रालय

भदौ ५, २०८२
मन्त्रालय

अब सबै संघीय अस्पतालमा अनलाइन भुक्तानी

साउन २१, २०८२
मन्त्रालय

निर्माण सम्पन्न सहायक राजमार्ग अब प्रदेश र स्थानीय तहलाई जिम्मेवारी हस्तान्तरण हुने

साउन २०, २०८२
मन्त्रालय

सेवा एकद्वार प्रणाली मार्फत प्रविधिमैत्री बनाइँदै छ: श्रममन्त्री भण्डारी

साउन १२, २०८२
मन्त्रालय

मधेशका आठ जिल्लाको खानेपानी संकट समाधान हुने : मन्त्री यादव

साउन ९, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२

घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ

चैत्र २०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal