Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

मधेशका आठ जिल्लाको खानेपानी संकट समाधान हुने : मन्त्री यादव

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
साउन ९, २०८२
In मन्त्रालय
0

९ साउन,पर्सा। खानेपानी मन्त्री प्रदीप यादवले मधेश प्रदेशका आठ जिल्लामा बढ्दो खानेपानी संकट समाधान गर्न सबै क्षेत्रको हातेमालो र साझा जिम्मेवारी आवश्यक रहेको बताएका छन्।

शुक्रवार पर्साको ठोरी गाउँपालिका–४ मा निर्माण सम्पन्न ‘निर्मल बस्ती खानेपानी आयोजना’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने, “ तराई–मधेश अहिले इतिहासकै गम्भीर जलसंकटको सामना गर्दैछ। यो अब सहानुभूतिले होइन, साझा प्रयासले समाधान गर्नुपर्ने समस्या हो।”

मन्त्री यादवले सरकार र मन्त्रालय नागरिकको मौलिक अधिकार स्वरूप स्वच्छ र सुरक्षित खानेपानी सुनिश्चित गर्न अहोरात्र खटिरहेको बताए। “विपद्को यो घडीमा हामी नागरिकलाई सुरक्षित पानी उपलब्ध गराउन प्रतिबद्ध छौं। समस्या चाँडै समाधान हुनेछ भन्ने विश्वास म आम जनतामा दिन चाहन्छु,” उनले भने।

उनका अनुसार, खानेपानी मन्त्रालयको विशेष पहलमा नेपाल सरकारको मन्त्रिपरिषद बाट मधेशका आठ जिल्ला लाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ।

“अब समाधानका लागि सबै पक्षको समन्वय अपरिहार्य छ,” मन्त्री यादवले भने, “दातृ निकाय, संघसंस्था र नागरिक समाज सबैको सहयोग आवश्यक छ। हामीले अहिले एक भएर काम गर्नु पर्छ।” उनले उद्घाटन गरिएको ‘निर्मल बस्ती खानेपानी आयोजना’ लाई ठोरी क्षेत्रको दीर्घकालीन समस्या समाधानतर्फको दिगो र रणनीतिक प्रयासको उदाहरण भने।

खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इञ्जिनियर रामकुमार श्रेष्ठका अनुसार उक्त आयोजना अन्तर्गत ओभरहेड ट्याङ्की, डीप ट्युबवेल, कार्यालय भवन, पम्प हाउस र ट्रीटमेन्ट प्लान्ट निर्माण गरिएको छ। यसबाट ठोरी क्षेत्रका झन्डै २,१६५ बासिन्दाले प्रत्यक्ष लाभ लिने अपेक्षा गरिएको छ।

कार्यक्रममा ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठ, उपाध्यक्ष गोकुली कुमारी रेग्मी, जिल्ला भूमि सम्बन्धी आयोगका अध्यक्ष तवेरेज अहमद, आयोजना प्रमुख विपुल कुमार लाल दास, निर्माण व्यवसायी लगायतको उपस्थिति थियो।

  • 6shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

मन्त्रालय

वैदेशिक रोजगारी सम्बन्धी गुनासा व्यवस्थापन चुनौतीपूर्ण: मन्त्री साह

चैत्र १८, २०८२
मन्त्रालय

तत्काल सडक खुलाउन र पुनर्निर्माणमा सरकार तत्पर : मन्त्री घिसिङ

अशोज १९, २०८२
मन्त्रालय

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग : परराष्ट्र मन्त्रालय

भदौ ५, २०८२
मन्त्रालय

अब सबै संघीय अस्पतालमा अनलाइन भुक्तानी

साउन २१, २०८२
मन्त्रालय

निर्माण सम्पन्न सहायक राजमार्ग अब प्रदेश र स्थानीय तहलाई जिम्मेवारी हस्तान्तरण हुने

साउन २०, २०८२
मन्त्रालय

सेवा एकद्वार प्रणाली मार्फत प्रविधिमैत्री बनाइँदै छ: श्रममन्त्री भण्डारी

साउन १२, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२

घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ

चैत्र २०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal