Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

काठमाडौं महानगर भित्र सार्वजनिक स्थानमा धुम्रपान निषेध, भदौ १ देखि जरिवाना शुरु

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
साउन ९, २०८२
In स्थानीय
0

९ साउन,काठमाडौं। काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानहरूमा धुम्रपान पूर्ण रूपमा निषेध गर्ने निर्णय गरेको छ। अब निजी सम्पत्ति बाहेकका कुनै पनि सार्वजनिक स्थानमा धुम्रपान गर्न नपाइने महानगरले स्पष्ट पारेको छ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नगर प्रहरी प्रमुख राजु पाण्डेले गत असार ३२ गते सम्पन्न नगरसभा बाट पारित निर्णय अनुसार साउन ९ गते देखि एक महिना सम्म व्यापक प्रचार-प्रसार गरिने र भदौ १ गते देखि नियम उल्लंघनकर्तालाई जरिवाना गर्न थालिने जानकारी दिए।

उनका अनुसार, सार्वजनिक स्थानमा पहिलो पटक धुम्रपान गर्दा ५ सय रुपैयाँ जरिवाना गरिनेछ भने दोहोरिएमा जरिवाना दुब्बर अर्थात् १ हजार रुपैयाँ हुने छ।

पाण्डेले भने, “महानगर भित्र सडक, पार्क, चोक, यातायात र प्रतीक्षालय लगायतका कुनै पनि सार्वजनिक स्थानमा धुम्रपान गर्न पाइने छैन। अब महानगरले यस नियमको प्रभावकारी कार्यान्वयन शुरु गर्दैछ।”

अनधिकृत पार्किङ गरे पनि जरिवाना
महानगरले धुम्रपानमात्र होइन, अनधिकृत पार्किङ नियन्त्रणमा समेत कडा कदम चालेको छ। पाण्डेका अनुसार तोकिएको स्थानबाहेक सवारी-साधन पार्किङ गर्दा निम्न जरिवाना तिराउनु पर्नेछ:

तीनपांग्रे सवारी (स्कूटर, बाइक): १,००० रुपैयाँ , चारपांग्रे सवारी (कार, जीप, भ्यान): २,५०० रुपैयाँ. मझौला सवारी (मिनीबस, मिनीट्रक): ३,५०० रुपैयाँ . ठूला सवारी (बस, ट्रक, लहरी): ५,००० रुपैयाँ

सार्वजनिक स्थलमा पोस्टर टाँस्नेलाई ५० हजार सम्म जरिवाना
सार्वजनिक स्थानमा पोस्टर, पम्प्लेट, स्टिकर टाँस्ने र प्रचार सामग्री वितरण गरी फोहोर गरेमा ५ हजार देखि ५० हजार रुपैयाँ सम्म जरिवाना गरिने व्यवस्था गरिएको छ। गल्ती दोहोरिएमा हरेक पटक जरिवाना दुब्बर गरिने निर्णय भएको पाण्डेले जानकारी दिए।

उनले जनचेतना अभिवृद्धि सँगै महानगरको नियम पालनामा सबै नागरिकको सहयोग अपेक्षा गरिएको बताए।

  • 27shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

स्थानीय

मधवापुर–मटिहानी सीमाक्षेत्रमा नेपालीको भीड भारतीय बजारतर्फ, नेपाली बजार सुनसान

अशोज ३०, २०८२
स्थानीय

सर्लाहीको चन्द्रनगरमा ईन्धन मै अनियमितता: अध्यक्ष महतो द्वारा एक लाख ८७ हजारको नियमविपरीत खर्च

अशोज २६, २०८२
स्थानीय

नेपालकै ठूलो लक्ष्मीनारायण मन्दिर (मठ) मटिहानीको हुलाक टिकट सार्वजनिक, धार्मिक–सांस्कृतिक महत्वलाई सम्मान

अशोज २४, २०८२
स्थानीय

कोडैना गाउँपालिकामा भ्रमणको नाममा आठ लाख सकियो

अशोज २३, २०८२
स्थानीय

नगरपालिकामा गरिएको तालाबन्दी हट्यो, माग पूरा नभए पुन: तालाबन्दी गर्ने चेतावनी

अशोज २३, २०८२
स्थानीय

सर्लाहीमा वडाध्यक्ष पक्राउ, स्थानीय आक्रोशित

अशोज २२, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

मुख्यमन्त्री कार्यालयमा कर्मचारीमाथि कुटपिट, मधेश प्रदेशका निजामती कर्मचारी आन्दोलित

कार्तिक २४, २०८२

युवा उठे भने परिवर्तन रोकिन्न , निर्वाचन नै त्यसको शुरुवात हो: (सम्पादकीय)

कार्तिक १२, २०८२

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

कार्तिक १, २०८२

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, एक पक्षको बहिष्कार घोषणा

अशोज ३०, २०८२

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend