१९ साउन,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी भित्रका सबैखाले गुटबन्दी समूहवद्धताको अन्त्य गर्ने संकल्पका साथ अघि बढ्ने सामूहिक प्रतिवद्धता गरेको बताएका छन् ।
सोमबार सम्पन्न भएको स्थायी समितिको बैठक पछि उनले पार्टीलाई एकतावद्ध गर्ने चुनौती देखिएता पनि त्यसलाई जिम्मेवारीपूर्वक पूरा गरेको बताए ।
दाहालले भने, ‘देशको लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको निम्ति पार्टी जसले महत्वपूसर्ण भूमिका खेल्यो । यसलाई एकतावद्ध गर्ने चुनौती हाम्रो सामू थियो । त्यो चुनौतीलाई हामीलाई जिम्मेवारीपूर्वक पूरा गरेको छौं र सामूहिक प्रतिवद्धता गरेका छौं । अझ सुदृढ एकताका साथ सबैखाले गुटबन्दी समूहवद्धताको अन्त्य गर्ने संकल्प लिएका छौं । सामूहिक रूपमा प्रतिवद्धता गरेका छौं ।’
उनले कुलिङ पिरियडको विषयमा जुन चलखेल र गल्ती भएको छ, त्यसका दोषीलाई कारवाही गर्नेगरी छानविन समितिले रिर्पोट ल्याउनु पर्ने बताएका छन् ।



















आफ्नो प्रतिकृया दिनुहोस्