Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

माग गरेको सूचना नदिएपछि गाउँपालिका कार्यालयमा तालाबन्दी

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ १६, २०८२
In स्थानीय
0

वीरगन्ज । माग गरिएको सूचना नदिए पछि सोमबार दिउँसो स्थानीयले पर्साको धोवनी गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।गत आर्थिक वर्षमा पालिकाले विकास कार्यमा गरेको खर्चको विवरण माग गर्दा पालिकाले उपलब्ध नगराएको भन्दै दिउँसो साढे एघार बजे पछि स्थानीयले कार्यालयको मुख्य गेटमा तालाबन्दी गरेका हुन् ।

स्थानीय सुनिल साह लगायतका व्यक्तिहरूले सूचना अधिकार प्रयोग गर्दै गाउँपालिकाबाट विकास निर्माणमा भएको खर्चको प्रमाणित विवरण माग गरेका थिए । तर, माग गरिएको सम्पूर्ण विवरण कार्यालयले उपलब्ध नगराए पछि तालाबन्दी गरिएको स्थानीयले बताएका छन् ।

तालाबन्दी पछि गाउँपालिका अध्यक्ष मदन चौहान, उनका समर्थक तथा कार्यालयका कर्मचारीहरू कार्यालय भित्रै घेरिएका छन् ।यस विषयमा बुझ्दा अध्यक्ष चौहानले सुनिल साह लगायतका व्यक्तिले माग गरेको सूचना कार्यालयले उपलब्ध गराएको दाबी गर्दै राजनीतिक आग्रह–पूर्वाग्रहका कारण आफूलाई बदनाम गर्न तालाबन्दी गरिएको टिप्पणी गरे।

उनले भने, ‘माग गरिएको सूचनामा केही कमी भए छलफल मार्फत समाधान गर्न प्रदर्शनकारी मध्य दश जनालाई कार्यालयमा बोलाउँदा पनि वार्तामा नआइ बाहिर होहल्ला गरिएको हो ।’ कार्यालय परिसर बाहिर केही व्यक्तिले प्रदर्शन गरे पनि आफू सहितका कर्मचारीहरू भित्र सुरक्षित रहेको जानकारी अध्यक्ष चौहानले दिए ।

उनका अनुसार सुरक्षा सुनिश्चित गर्न इलाका प्रहरी कार्यालय पोखरिया बाट खटिएका सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति छ ।गत आर्थिक वर्षमा भएका विकास निर्माणमा व्यापक अनियमितता भएको भन्दै स्थानीयहरू यो समाचार तयार पार्दा सम्म पनि प्रदर्शन गरिरहेका थिए ।

  • 2shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

स्थानीय

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२
स्थानीय

काठमाडौं महानगरले वैशाख १ गते देखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने

चैत्र १९, २०८२
स्थानीय

गंगासागर क्षेत्रका अवैध टहरा हटाइयो, फुटपाथ पसलमा डोजर अभियान तीव्र

चैत्र १६, २०८२
स्थानीय

कार्यसम्पादन मूल्याङ्कनमा रौतहटको गौर नगरपालिका जिल्लामै प्रथम

फाल्गुन १, २०८२
स्थानीय

अब जाममुक्त बन्दै जनकपुरधाम: रामानन्द चौक–जनक चौक खण्डमा ‘वान-वे’ नियम लागू

माघ २१, २०८२
स्थानीय

जनकपुरधाममा एचपीभी खोप अभियान शुरु हुँदै, पाठेघरको मुखको क्यान्सर विरुद्ध नि:शुल्क खोप

माघ २१, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend