काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की सँग बिहीबार टेलिफोन वार्ता गरेका छन्।वार्ताका क्रममा प्रधानमन्त्री मोदीले नेपालमा शान्ति र स्थिरता कायम गर्न प्रधानमन्त्री कार्कीले अघि बढाएका प्रयास प्रति भारतको दृढ समर्थन रहने बताएका छन्।
वार्ता पश्चात सामाजिक सञ्जाल मार्फत जानकारी दिंदै मोदीले असोज ३ गते (भोली) पर्ने नेपालको राष्ट्रिय दिवसको अवसरमा प्रधानमन्त्री कार्की तथा सम्पूर्ण नेपाली जनतालाई शुभकामना दिएका छन्।

‘नेपालकी अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीसँग न्यानो संवाद भयो। हालै घटेका दु:खद घटना प्रति समवेदना प्रकट गर्दै शान्ति र स्थिरता पुन:स्थापना गर्ने उनको प्रयासलाई भारतले निरन्तर समर्थन गर्ने कुरा दोहोर्याएँ। साथै, राष्ट्रिय दिवसको अवसरमा उहाँ र सम्पूर्ण नेपाली जनतालाई शुभकामना व्यक्त गरेँ,’ प्रधानमन्त्री मोदीले लेखेका छन्।



















आफ्नो प्रतिकृया दिनुहोस्