काठमाडौं । जनमत पार्टी भित्र देखिएको आन्तरिक विवाद बीच पार्टीका ६ नेताले सामूहिक राजीनामा दिएका छन्।
राजीनामा दिने नेतामा वरिष्ठ उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा. शरदसिंह यादव, जनमत युवा संघका केन्द्रीय संयोजक संजय कुमार यादव, स्वास्थ्यकर्मी जनमत संघका केन्द्रीय संयोजक सीके सिंह, सुदूरपश्चिम प्रदेश इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्य समेत रहेका विक्रम बहादुर बम रहेका छन्।
सामूहिक राजीनामा पत्र जारी गर्दै उनीहरूले पार्टी नेतृत्वले आफ्ना मागलाई बेवास्ता गरेको आरोप लगाएका छन्। ‘हामीले प्रस्तुत गरेको राजीनामा मागलाई अपहेलना गर्दै जेनजी आन्दोलनमा बगेको रगतको अपमान भएको छ। त्यसमाथि आधिकारिक फेसबुक मार्फत नेता कार्यकर्तालाई अहंकारपूर्ण भाषा प्रयोग गरिए पछि हामी निराश भयौं,’ राजीनामा पत्रमा उल्लेख गरिएको छ।
यस अघि हिजो मात्रै यी नेताहरूले पार्टी अध्यक्ष डा. सिके राउतलाई २४ घण्टा भित्र राजीनामा दिन अल्टिमेटम दिएका थिए। तर समय सीमा नपुग्दै आजै उनीहरूले पार्टी त्याग गरेका हुन्।




















आफ्नो प्रतिकृया दिनुहोस्