काठमाडौँ । नेपाली काँग्रेसले जेनजी आन्दोलनको क्रममा भएका घटनाको छानबिन गरी दोषीलाई कारबाहीमा ल्याउनको लागि उच्च स्तरीय न्यायिक छानबिन आयोग गठनको माग गरेको छ ।शुक्रबार पार्टी कार्यालय सानेपमा शुक्रबार बसेको कार्य सम्पादन समितिको बैठकले यस्तो निष्कर्ष निकालेको प्रचार प्रसार प्रमुख मीन बहादुर विश्वकर्माले जानकारी दिए ।
उनले भने,गत भाद्र २४ गतेको प्रदर्शनल सिहंदरबार लोकतन्त्रका आधार स्तम्भ कार्यापालिका, न्यायपालिका र व्यवस्थापिकाका कार्यालय, दलका कार्यालय नेताहरुको निजी घर एवम डेरा र नेपालको उन्नती सँग जोडिएका सबै निजी तथा सार्वजनिक तोडफोड तथा आगजनीको कडा भर्त्सना गर्दै घटनाको छानबिन गरी दोषीलाई कारबाहीमा ल्याउनको लागि उच्च स्तरीय न्यायिक छानबिन आयोग गठनको माग गर्दछौँ ।
त्यस्तै नेपाली कांग्रेसले संसद् विघटन असंवैधानिक भएको ठहर गरेको छ ।संसद् विघटन असंवैधानिक भएको भन्दै विरोध गर्ने निर्णय समेत भएको छ । साथै केन्द्रीय समिति बैठक दशैं अघि नै बोलाउने निर्णय समेत गरेको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्