Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

उपमेयर किशोरी साहको दुर्व्यवहार विरुद्ध जनकपुरधाम उपमहानगरका कर्मचारी आन्दोलित

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
अशोज ७, २०८२
In स्थानीय
0

७ असोज,जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाका कर्मचारीहरूले उपमेयर किशोरी साहको दुर्व्यवहारको विरोधमा मंगलबार देखि पेन डाउन गरेका छन्। सोमबार घटस्थापनाको अवसरमा कलश यात्रा सम्पन्न भएर फर्किएका बेला उपमेयर साहले नशामा अन्य कर्मचारी माथि गालीगलौज र दुर्व्यवहार गरेको आरोप प्रत्यक्षदर्शी कर्मचारीहरूले लगाएका छन्।

भण्डारण महाशाखा प्रमुख गणेश यादवका अनुसार महिला कर्मचारी सहित सबै कर्मचारी पालिका प्राङ्गणमा निर्माण गरिएको टेन्ट मुनि बसिरहेको बेला उपमेयर साह आएर “आफ्नो आदेश नमानेको र सम्मान नदिएको” भन्दै अराजक शैलीमा अपशब्द प्रयोग गरेका थिए। कर्मचारीहरूले विरोध जनाए पछि साह झन् आक्रामक बनेर कुर्सी समेत प्रहार गर्न खोजेको भनि उनि माथि संवेदनशील आरोप लागेको छ।

कर्मचारीहरूले भनेका छन् “उपमेयर साहको व्यवहार हाम्रो आत्म सम्मान माथि मात्र होइन, सम्पूर्ण उपमहानगरपालिकाको प्रतिष्ठा माथि धक्का हो।” उनीहरूले साहले नियमित रूपमा मदिरा सेवन गर्ने र यस अघि पनि कर्मचारीहरूसँग अपमानजनक व्यवहार गरेको घटनाहरू दोहोरिँदै आएको बताएका छन्।

यस पटक कर्मचारीहरूको आक्रोश झन् तीव्र बनेको छ। कर्मचारीहरूले उपमेयर साह विरुद्ध सार्वजनिक अपराध मुद्दा दायर गर्ने र आवश्यक परे सेवा बहिष्कारलाई अझ कडा बनाउने चेतावनी दिएका छन्। उनीहरूले मेयर मनोज कुमार साह लाई समेत उपमेयरले गाली गरेको भन्दै “जनप्रतिनिधि भएर पनि मर्यादाहीन आचरण देखाएको” टिप्पणी गरेका छन्।

कर्मचारी संगठनका नेताहरूले उपमेयर साहलाई तत्काल कारबाहीको दायरामा ल्याउन सरकार र सम्बन्धित निकायसँग माग गरेका छन्। “यदि यसप्रकारको दुर्व्यवहारलाई उन्मुक्ति दिइयो भने उपमहानगरपालिकाको वातावरण असुरक्षित मात्र होइन, सर्वसाधारणलाई दिने सेवा नै ठप्प हुन्छ,” कर्मचारीहरूले संयुक्त विज्ञप्तिमा चेतावनी दिएका छन्।

यस्तो घटना पछि कर्मचारीहरू मात्र होइन, सर्वसाधारण जनता माझ पनि व्यापक आक्रोश देखिएको छ। स्थानीयहरूले सामाजिक सञ्जालमा टिप्पणी गर्दै भनेका छन् –

“यस्ता उपमेयरले जनताको सेवा होइन, उपमहानगरको बेइज्जत मात्रै गरिरहेका छन्।”

“नशामा डुब्ने जनप्रतिनिधि जनताका प्रतिनिधि हुन सक्छन्?”

“साहलाई तत्काल निलम्बन गरेर कानुनी कारबाही गर्नु पर्छ।”

कर्मचारीहरूले सार्वजनिक अपराध मुद्दा दर्ता गर्ने तयारी गर्दै “यदि तत्काल कारबाही भएन भने सम्पूर्ण सेवा बहिष्कारलाई चरणबद्ध रूपमा उग्र बनाइने” चेतावनी दिएका छन्। उनीहरूले उपमेयर साहलाई “उपमहानगरकै कलङ्क” भन्दै मेयर सहित सम्पूर्ण राजनीतिक निकायलाई तत्काल कदम चाल्न आग्रह गरेका छन्।

यस बीचमा उपमहानगर भित्रै कर्मचारीहरू बीच अर्को धारणा पनि बढेको छ “साहलाई पदमा राख्ने सरकार वा पार्टी नै दोषी हो।” कर्मचारीहरूको भनाइ छ, “अब सहेर बस्ने अवस्था छैन, यदि कारबाही भएन भने आन्दोलन सडक सम्म पुग्छ।”

  • 34shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

स्थानीय

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२
स्थानीय

काठमाडौं महानगरले वैशाख १ गते देखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने

चैत्र १९, २०८२
स्थानीय

गंगासागर क्षेत्रका अवैध टहरा हटाइयो, फुटपाथ पसलमा डोजर अभियान तीव्र

चैत्र १६, २०८२
स्थानीय

कार्यसम्पादन मूल्याङ्कनमा रौतहटको गौर नगरपालिका जिल्लामै प्रथम

फाल्गुन १, २०८२
स्थानीय

अब जाममुक्त बन्दै जनकपुरधाम: रामानन्द चौक–जनक चौक खण्डमा ‘वान-वे’ नियम लागू

माघ २१, २०८२
स्थानीय

जनकपुरधाममा एचपीभी खोप अभियान शुरु हुँदै, पाठेघरको मुखको क्यान्सर विरुद्ध नि:शुल्क खोप

माघ २१, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend