काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो केन्द्रीय समितिलाई भंग गरी महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्ने निर्णय गरेको छ । साथै, आउँदो मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव समेत स्वीकृत गरिएको छ ।शुक्रबार कमलादी स्थित प्रज्ञा भवनमा सम्पन्न बैठकले मंसिरमा विशेष महाधिवेशन गर्ने औपचारिक निर्णय लिएको हो ।
पार्टीका उपाध्यक्ष अग्नि सापकोटाका अनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेका अधिकांश प्रस्ताव स्वीकृत भएका छन् । प्रचण्डको प्रतिवेदन संशोधन सहित पारित भएको र विशेष महाधिवेशनको संयोजकत्व पनि प्रचण्डकै जिम्मामा दिने निर्णय भएको उनले जानकारी दिए ।

सापकोटाका अनुसार केन्द्रीय समिति विघटन गरी आयोजक समिति बनाइने, अध्यक्ष लगायत पदाधिकारीको कार्यभार स्थगित गर्ने र विशेष महाधिवेशनमा GEN-Z सहित युवाको व्यापक सहभागिता सुनिश्चित गर्ने वातावरण तयार पारिनेछ ।
बैठकले पार्टी भित्रका नेता कार्यकर्ताको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने निर्णय गरेको छ । साथै, GEN-Z लाई सबै तहका समितिमा प्राथमिकताका साथ सहभागी गराउने, युवालाई अगाडि ल्याउने र आईटी क्षेत्रमा उच्च प्राथमिकताका साथ काम गर्ने निर्णय पनि गरिएको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्