मटिहानी,(महोत्तरी) । मटिहानी नगरपालिकाले आज आयोजना गरेको “वडा दशैँ, दिपावली तथा छठ पर्वको शुभकामना आदान–प्रदान कार्यक्रम” भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा नगर प्रमुख हरि प्रसाद मण्डल, प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा, जनप्रतिनिधि, कर्मचारी, प्रहरी चौकी मटिहानी र धिरापुरका प्रमुख लगायतको उपस्थितिमा विविध कार्यक्रम सम्पन्न गरियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख हरि प्रसाद मण्डलले दशैँ, दिपावली र छठ जस्ता चाडपर्वले समाजलाई एकताबद्ध गर्दै सहिष्णुता, सद्भाव र सामाजिक सौहार्द बढाउने उल्लेख गरे । उनले नगरवासी सबैलाई शुभकामना दिँदै यस्ता पर्वहरूले नगरको विकास, शान्ति र समृद्धिमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्माले धार्मिक र सांस्कृतिक पर्वहरूलाई साझा उत्सवका रूपमा मनाउनु पर्नेमा जोड दिँदै नगरपालिकाले नागरिकमैत्री सेवा, पूर्वाधार विकास र सामाजिक सुदृढीकरणमा निरन्तर काम गरिरहेको जानकारी दिए । उनले सबै नगरवासीलाई चाडपर्वको अवसरमा खुशी, समृद्धि र एकताको सन्देश फैलाउन आग्रह गरे ।

कार्यक्रममा सहभागी जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मीहरूले चाडपर्वले ल्याउने सकारात्मक ऊर्जाले नगरभित्र शान्ति, सद्भाव र आपसी विश्वासलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरेका थिए ।




















आफ्नो प्रतिकृया दिनुहोस्