Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

दुई छोराको हत्या प्रकरण : बाबुको पीडा, प्रहरीमाथि लापरबाहीको आरोप

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
अशोज १८, २०८२
In अपराध
0

विरगंज । बारामा भएको दुई छोराको हत्या प्रकरणमा पीडित परिवारले प्रहरी अनुसन्धान प्रति गम्भीर प्रश्न उठाएका छन्। प्रहरीको कमजोर अनुसन्धानकै कारण ठूलो छोराको हत्यामा संलग्न व्यक्तिहरु फुत्किएपछि सोही समूहले कान्छो छोराको समेत हत्या गरेको आरोप मृतकका पिता राजन साह कानुले लगाएका छन्।

परवानीपुर गाउँपालिका–८ निवासी तर हाल वीरगन्ज–१० रानीघाटमा बस्दै आएका राजन साह कानुका अनुसार उनका ठूला छोरा सत्यम साहलाई असोज १० गते बिहानै विष खुवाइ हत्या गरिएको थियो। स्थानीयले घटना बारे प्रहरीलाई जानकारी दिए पनि प्रभावकारी कारबाही नभएकै कारण चार दिन पछि कान्छा छोरा शिवम साहलाई पनि सोही समूहले छुरा प्रहार गरी हत्या गरेको उनको दाबी छ।

राजनका अनुसार, गौतम पटेल, करण पटेल र कुन्दन पटेलले मदिरा सेवनको क्रममा दूधमा विष मिसाएर सत्यमलाई खुवाएको प्रत्यक्षदर्शीले प्रहरीलाई बताएका थिए। तर प्रहरी भने सत्यमको मृत्यु ‘आत्महत्या’ भएको देखाएर अनुसन्धानलाई कमजोर बनाउँदै हत्यारालाई उम्किने मौका दिएको उनको आरोप छ। “सत्यमको हत्यामा प्रहरीले समयमै कारबाही गरेको भए आज मेरो कान्छो छोराको ज्यान जाँदैनथ्यो,” राजनको पीडा छ।

प्रहरीको तर्क : “कमजोरी भएको छैन”

यस विषयमा रानीघाट प्रहरी बिटका इञ्चार्ज प्रहरी सहायक निरीक्षक लालबाबु साहले आफूसँग टिप्पणी गर्ने अधिकार नभएको बताउँदै वडा प्रहरी कार्यालय श्रीपुर वा जिल्ला प्रहरी कार्यालय पर्सा सँग सम्पर्क गर्न आग्रह गरेका छन्।

तर, शिवम साहको हत्या भएको २४ घण्टा नबित्दै पर्सा प्रहरीले पाँच जना अभियुक्तलाई पक्राउ गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकले पत्रकार सम्मेलनमा घटनाको मुख्य आरोपी रामगढवा निवासी १९ वर्षीय गौतम पटेललाई २० घण्टामै पक्राउ गरिएको जानकारी दिए।

उनका अनुसार, व्यक्तिगत रिसइबी र आफ्ना–आफ्ना समूह (ग्याङ)बीचको वर्चस्वका कारण शिवमको हत्या गरिएको हो। यसै प्रकरणमा २० वर्षीय सुभांकर चौरसिया, २२ वर्षीय अमित पटवा (करण), २४ वर्षीय चन्दन चौरसिया र १९ वर्षीय अमन पटेललाई पनि पक्राउ गरिएको छ।

एसपी पाठकले अनुसन्धानको क्रममा सत्यमलाई पनि विष खुवाई हत्या गरिएको आशंका रहेको उल्लेख गर्दै, “त्यो प्रकरणलाई पनि हामी अगाडि बढाइरहेका छौं, दोषीलाई कानुनको कठघरामा ल्याइनेछ,” भने।

  • 23shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अपराध

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२
अपराध

धनुषामा फार्मेसी सञ्चालक सहित लागू औषध बरामद, ४ जना पक्राउ

चैत्र १८, २०८२
अपराध

सर्लाहीमा एक युवकलाई नाङ्गै बनाएर निर्घात कुटपिट : एक जना पक्राउ, अन्यको खोजी जारी

चैत्र ३, २०८२
अपराध

२४ घण्टा भित्रै खुल्यो हत्याको रहस्य: धनुषामा प्रेमका कारण युवकको विभत्स हत्या

फाल्गुन १६, २०८२
अपराध

धनुषामा घाँटी काटिएको अवस्थामा पुरुषको शव फेला

फाल्गुन १४, २०८२
अपराध

सिरहामा खेत जोतिरहेका किसानको गोली हानी हत्या

माघ १६, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend