Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

मिथिलाञ्चलमा कोजाग्रत पूर्णिमा धुमधामका साथ, जानकी मन्दिरमा विशेष पूजा अर्चना

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
अशोज २२, २०८२
In धर्म
0

जनकपुरधाम । मिथिलाञ्चलमा आज (मंगलबार) कोजाग्रत पूर्णिमा धार्मिक आस्था र परम्परागत रौनकका साथ मनाइँदै छ। दशैं सकिने पूर्णिमाको रातलाई कोजाग्रत भनिन्छ र यस दिन देवी लक्ष्मीको आराधना गर्दै रातभर जाग्राम बस्ने चलन छ।

यस अवसरमा जनकपुरधाम स्थित जानकी मन्दिरमा विशेष पूजाअर्चना तथा कार्यक्रमको आयोजना गरिएको छ। महन्त राम तपेश्वर दासका अनुसार आजको दिन महोत्तरीको रतौली गाउँबाट पुस्तौ–पुस्ता देखि निरन्तर चल्दै आएको भार (कोसेली) पठाउने परम्परा यस वर्ष पनि दोहोरिएको छ।

रतौलीका स्व. महेन्द्र ठाकुरले सयौं वर्षअघि सुरु गरेको यस परम्परा अनुसार उनको वंशजका तीन घरबाट आज पनि दही–च्यूरा, फलफूल, विभिन्न परिकार, पान, मखान, मिठाई तथा लत्ता–कपडा जानकी मन्दिरमा अर्पण गरिएको छ। ठाकुर परिवारले माता सीतालाई छोरी मानी बिहेको परम्परा अनुसार कोसेली पठाउँदै आएको जनाइएको छ।

आज राति जानकी मन्दिरमा माता सीताको विशेष पूजाअर्चना, नाचगान र आरतीको कार्यक्रम हुनेछ। मन्दिरमा चढाइएको कोसेली प्रसादका रूपमा भक्तजनलाई वितरण गरिनेछ। साथै, परम्परा अनुसार माता जानकीको प्रतिमालाई गर्भगृहबाट बाहिर निकालेर दर्शन गराइने तयारी छ।

कोजाग्रत पूर्णिमाको दिन लक्ष्मीपूजा गर्ने र रातभर जाग्राम बसेर धनधान्य प्राप्तिको कामना गर्ने धार्मिक विश्वास छ। त्रेतायुगमा भगवान श्रीकृष्णले यसै दिन रासलीला प्रारम्भ गरेको र चन्द्रमाले चकोरलाई अमृत वर्षा गर्ने विश्वास पनि रहि आएको छ।

मिथिलाञ्चलमा यस दिन विशेष गरी मखानको खीर बनाएर छतमा राख्ने परम्परा छ। मध्यरातमा अमृत वर्षा हुन्छ भन्ने विश्वासका साथ राखिएको खीर बिहान प्रसादका रूपमा परिवारका सदस्यले ग्रहण गर्ने प्रचलन छ।

आज जनकपुरधाम सहित सम्पूर्ण मिथिला क्षेत्रका घर–घरमा दीप प्रज्वलन, पूजा र जाग्राम गरी कोजाग्रत पूर्णिमा उल्लासपूर्वक मनाइँदै छ।

  • 2shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

धर्म

कालाजग्रा मा देवीको मूर्ति स्थापना, पर्यटन प्रवर्द्धनमा टेवा

अशोज २०, २०८२
धर्म

आज कोजाग्रत पूर्णिमा : दशैंलाई विदा, लक्ष्मीको स्वागत

अशोज २०, २०८२
धर्म

महानवमी : सिद्धिदात्री देवीको पूजा-आराधना गरिँदै

अशोज १५, २०८२
धर्म

राजदेवी मन्दिरमा १४ हजार ९ सय ३ बोकाको बलि प्रदान

अशोज १५, २०८२
धर्म

जनकपुरधाममा बेलतोडी सम्पन्न, देवी दुर्गा प्रतिमाको आँखा उघारियो

अशोज १३, २०८२
धर्म

आज नवरात्रको छैटौं दिन : कात्यायनी देवीको पूजा गरिँदै

अशोज १२, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

युवा उठे भने परिवर्तन रोकिन्न , निर्वाचन नै त्यसको शुरुवात हो: (सम्पादकीय)

कार्तिक १२, २०८२

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

कार्तिक १, २०८२

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, एक पक्षको बहिष्कार घोषणा

अशोज ३०, २०८२

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२

आज विश्व खाद्य दिवस मनाइँदै

अशोज ३०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend