Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

अन्तः गृह परिक्रमासँगै धार्मिक उत्सवको समापन

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
फाल्गुन १९, २०८२
In धर्म
0

१९ फागुन,जनकपुरधाम: १५ दिनसम्म सञ्चालन भएको मिथिला माध्यमिकी परिक्रमा आज अन्तःगृह परिक्रमासँगै विधिवत रूपमा सम्पन्न भएको छ। परिक्रमाको अन्तिम दिन जनकपुरधाममा परिक्रमा सहभागी, साधुसन्त र हजारौं श्रद्धालु भक्तजनले अन्त:गृह परिक्रमा गरी धार्मिक अनुष्ठान पूरा गरेका थिए।

हिजो साँझ जनकपुरधाम आइपुगेको डोला राति १२ बजेदेखि अन्त:गृह परिक्रमामा सहभागी भएको थियो। अन्त:गृह परिक्रमा अन्तर्गत जनकपुरधाम वरिपरि करिब पाँच कोस क्षेत्र पैदल यात्रा गर्नुपर्ने हुन्छ। मूल १५ दिने परिक्रमामा सहभागी हुन नसकेकाले अन्तःगृह परिक्रमा गरे पनि पूर्ण परिक्रमासँग बराबरी पुण्य प्राप्त हुने जनविश्वास रहेको छ।

यस वर्ष नेपाल र भारतका विभिन्न स्थानबाट लाखौं श्रद्धालु सहभागी भएका थिए। साधुसन्त, नागा बाबाहरू, महिला, पुरुष, युवा र युवतीहरूको उल्लेख्य उपस्थिति देखिएको थियो। स्थानीयवासीले भण्डारा, पानी र स्वास्थ्य सेवा सञ्चालन गरी यात्रुहरूको सहजता सुनिश्चित गरेका थिए।

धनुषाको मिथिला बिहारी नगरपालिकास्थित ठेरा कचुरीको मिथिला बिहारी मन्दिरबाट फागुन ८ गते भगवानको डोला निस्केपछि परिक्रमाको यात्रा सुरु भएको थियो। यात्रा अवधिभर नेपालमा १३ र भारतमा २ गरी कुल १५ विश्रामस्थलमा यात्रुहरू बसेका थिए। सहभागीहरूले नेपालतर्फ १०७ किलोमिटर र भारततर्फ २६ किलोमिटर गरी कुल १३३ किलोमिटर पैदल यात्रा गरेका थिए।

परिक्रमाले धार्मिक मात्र नभई सामाजिक सद्भाव, सांस्कृतिक एकता र नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्धको प्रतीकको रूपमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ। स्थानीय प्रशासन, सुरक्षा निकाय र स्वयंसेवकहरूले सुरक्षा र व्यवस्थापनलाई प्रभावकारी बनाएका थिए। यस अवधिमा जनकपुरधाम तथा आसपासका क्षेत्रमा व्यापार, होटल, यातायात र पूजासामग्रीको बिक्रीमा उल्लेख्य वृद्धि देखिएको व्यवसायीहरूले बताएका छन्।

जनकपुरधाम उपमहानगरपालिकाले परिक्रमामा सहभागी श्रद्धालु र स्थानीयवासीहरूको सुविधा र स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिएको थियो। उपमहानगरपालिकाले प्रमुख स्थलहरूमा नि:शुल्क शौचालयको व्यवस्था गरेको थियो भने परिक्रमा अवधिभर आयुर्वेद र अंग्रेजी औषधि निशुल्क वितरण गरिएको थियो। यी पहलहरूले परिक्रमामा सहभागीहरूलाई सहजता र स्वास्थ्य सुरक्षाको ग्यारेन्टी दिएको थियो।

तराईका अन्य जिल्लामा आज होली मनाइए पनि मिथिलाञ्चलमा पूर्णिमाको अघिल्लो दिन मात्र होली खेलिने परम्परा छ। सोही अनुसार जनकपुरधाममा भोलि रंग–अबीरसहित होली पर्व मनाइने छ। जनकपुरधाम उपमहानगरपालिकाको तर्फ बाट सबै परिक्रमा सहभागी, स्थानीयवासी र भक्तजनमा शुभकामना व्यक्त गर्दै धार्मिक आस्था, सांस्कृतिक निरन्तरता र सामाजिक सद्भावको विकासका लागि निरन्तर प्रयास जारी रहने विश्वास व्यक्त गरिएको छ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

धर्म

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२
धर्म

जनकपुर र अयोध्यामा रामनवमीको भव्य उल्लास

चैत्र १३, २०८२
धर्म

आज देशभर चैते दशैँ मनाइँदै, सुरक्षा सतर्कता र विशेष व्यवस्थापन

चैत्र १२, २०८२
धर्म

धनुषाको सतलोक आश्रममा आध्यात्मिक महासमागम तथा अखण्ड पाठको शुभारम्भ

फाल्गुन १४, २०८२
धर्म

मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको सदरमुकाम जलेश्वरमा

फाल्गुन ८, २०८२
धर्म

मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको मटिहानीमा

फाल्गुन ७, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२

घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ

चैत्र २०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend