Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

हत्याको आरोपमा एक जना पक्राउ

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
अशोज २२, २०८२
In अपराध
0

बर्दिया । बर्दियामा बालिका हत्याको अरोपमा एक युवा पक्राउ परेका छन् ।गत असोज १७ गते बेपत्ता भई २० गते मृत फेला परेकी १० वर्षीया बालिका भारती (एन्जल) देउवाको हत्याको आरोपमा प्रहरीले गेरुवा गाउँपालिका वडा नं ५ झबही बस्ने २१ वर्षीय समिर तिरुवा सुनारलाई पक्राउ गरेको हो ।

पक्राउ परेका समिर तिरुवाले मृतक बालिका देउवालाई उनले लगाएको गहनाको लोभमा हत्या गरेको स्विकारेको प्रहरीले बताएको छ ।जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक सरोज पौडेलले तिरुवाले हत्या गरेको स्विकारेको र अरु थप अनुसन्धान गर्दा समेत प्रमाणहरू भेटिएको बताए ।

उनका अनुसार आरोपी तिरुवा गेरुवा र राजापुरका विभिन्न सुन पसलमा मृतक बालिकाको सुन बेच्न पुगेका थिए । सो ठाउँमा सुन नबिके पछि कैलाली सम्म सुन बेच्न पुगेकोको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार एक्लै साइकल डोर्याएर हिँडेकी एन्जलले सुन लगाएको देखेपछि समिरले समातेको र झाँडीमा लगि घाँटी थिचेर मारेको स्विकारेका छन् । मारिसके पछि शव छिट्टै सडोस र नेचुरल देखियोस भनेर नांगै बनाएर बालुवामा पुरेको तिरुवाले प्रहरीलाई बताएका छन् । मृत्यु भईसके पछि बलत्कारको प्रयास गरेको समेत स्विकारेको प्रहरीले जनाएको छ ।

बालिकाको मृत्यु कसरी भएको र बलात्कार भए नभएको पोष्टमार्टम रिपोर्ट पछि मात्र खुलासा हुने प्रहरी उपरिक्षक पौडेलले बताए ।  उनले घटनाको थप अनुसन्धान भईरहेको  र पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेको बताए ।

हत्या आरोपी तिरुवालाई आजै बर्दिया आदालतमा उपस्थित गराई पाँच दिनको म्याद थपि अनुसन्धान सुरु गरिएको छ । अनुसन्धानको क्रममा संकास्पद ६ जनालाई नियन्त्रणमा लिई सोधपुछ गरिएको थियो । आज नै बालिकाको शव भेरी अस्पताल नेपालगञ्जमा पोष्टमार्टम गरिएको छ ।

बालिकाको आमा देउमा देउवाले भारतीको हत्या भएको हुनसक्ने भएकोले शवको पोष्टमार्ट गरी घटनाको अनुसन्धान गर्नका लागि इलाका प्रहरी कार्यालय पाताभारमा मंगलबार जाहेरी दिएको इलाका प्रहरी कार्यालय पाताभारका प्रमुख तथा प्रहरी निरिक्षक मदन बहादुर गुरुङले बताए ।

गत असोज १७ गते शुक्रबार करिब ३ बजे गेरुवा गाउँपालिका वडा नं ५ गणेशपुर स्थित आफन्तको घरमा बैवाहिक कार्यक्रममा सहभागी हुने गएकी थिईन् । पछि कपडा फेर्ने भन्दै आफ्नो घर फर्कने क्रममा बाटो बाटै उनी सम्पर्क विहिन भएकी थिइन् ।

बालिका घर नफर्के पछि १७ गते साँझ नै परिवारले प्रहरीलाई जानकारी गराएका थिए ।  बालिकाको खोजतलास गर्दै जाने क्रममा १८ गते शनिबार सोही वडाको मुलापानी बुढीखोलामा साइकल फेला परेका थियो ।

  • 30shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अपराध

पूर्व-सभामुख कृष्ण बहादुर महरा पक्राउ

अशोज २६, २०८२
अपराध

दुई छोराको हत्या प्रकरण : बाबुको पीडा, प्रहरीमाथि लापरबाहीको आरोप

अशोज १८, २०८२
अपराध

सिराहामा १५ वर्षीय किशोरको अपहरण पछि हत्या, क्षतविक्षत अवस्थामा शव फेला

अशोज ७, २०८२
अपराध

रौतहटमा युवकको हत्या, एक जना पक्राउ

भदौ ४, २०८२
अपराध

हिन्दुहरुलाई गाली, बेइज्जती र धम्की दिने टिकटकर ‘गुण्डा’ नामक इरसाद खान पक्राउ

साउन ३०, २०८२
अपराध

सिरहामा वृद्ध हत्या घटनामा दुई पक्राउ, सात दिनको म्याद थप                          

साउन २९, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

मुख्यमन्त्री कार्यालयमा कर्मचारीमाथि कुटपिट, मधेश प्रदेशका निजामती कर्मचारी आन्दोलित

कार्तिक २४, २०८२

युवा उठे भने परिवर्तन रोकिन्न , निर्वाचन नै त्यसको शुरुवात हो: (सम्पादकीय)

कार्तिक १२, २०८२

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

कार्तिक १, २०८२

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, एक पक्षको बहिष्कार घोषणा

अशोज ३०, २०८२

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend