Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

कोडैना गाउँपालिकामा भ्रमणको नाममा आठ लाख सकियो

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
अशोज २३, २०८२
In स्थानीय
0

सर्लाही । सर्लाहीको कोडैना गाउँपालिकाले आर्थिक वर्ष २०८०÷८१ मा भ्रमण खर्चको शीर्षकमा आठ लाख रुपैयाँभन्दा बढी रकम खर्च गरेको पाइएको छ ।तर सो खर्च कहाँ, कसका लागि र कुन प्रयोजनमा गरिएको भन्ने स्पष्ट विवरण नहुँदा उक्त रकमको प्रयोग विधि सम्मत नभएको महालेखा परीक्षकको ६२औँ प्रतिवेदनले देखाएको छ ।

प्रतिवेदन अनुसार, गाउँपालिकाले वितरण गरेका कतिपय भ्रमण आदेशमा भ्रमणको उद्देश्य उल्लेख गरिएको छैन। भ्रमण खर्च पारदर्शी बनाउन र अभिलेखिकरण सुनिश्चित गर्नुपर्ने कानुनी व्यवस्था हुँदाहुँदै पनि पालिकामा भ्रमण सम्बन्धी अभिलेख खाता नै नरहेको उल्लेख छ ।

यसले गर्दा कुन जनप्रतिनिधि वा कर्मचारी कहिले, कहाँ र किन भ्रमणमा गए भन्ने एकीकृत विवरण सङ्कलन हुन सकेको छैन । त्यति मात्र होइन, भ्रमण सकिए पछि अनिवार्य रूपमा पेस गर्नुपर्ने भ्रमण प्रतिवेदन समेत नपेस गराईकनै रकम भुक्तानी गरिएको पाइयो ।

स्थानीय तहका पदाधिकारी र सदस्यलाई पाउने सुविधा सम्बन्धी ऐन, २०७७ र भ्रमण खर्च नियमावली, २०६४ मा कुनै पनि भ्रमण खर्च गर्नु अघि स्पष्ट उद्देश्य सहित आदेश दिने, अभिलेख राख्ने र भ्रमण पछि प्रतिवेदन पेश गर्नु पर्ने व्यवस्था छ ।

तर कोडैना गाउँपालिकामा ती आधारभूत प्रक्रिया नै पालना नगरी रकम खर्च गरिएको देखिएको हो। महालेखाले यस्तो खर्चलाई पारदर्शिता र जवाफदेहिताको दृष्टिले गम्भीर कमजोरीका रूपमा लिएको छ ।

भ्रमणको नाममा विनायोजना र विना प्रतिवेदन खर्च भइरहँदा गाउँका विकास योजनाहरू भने प्राथमिकताबाट ओझेलमा परेका छन्। आधारभूत पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रका थुप्रै आवश्यकता अपूरा छन् । तर पालिकाको ठूलो ध्यान भ्रमण र भत्तामा केन्द्रित देखिनुले जनतामा असन्तोष बढाएको छ। स्थानीय बासिन्दाहरूले ‘गाउँ सुधार्ने भन्दा राजधानी पुग्ने लहड’ नै प्राथमिकता भएको टिप्पणी गरेका छन् ।

महालेखाको प्रतिवेदनमा अब देखि कुनै पनि भ्रमण खर्च स्वीकृत गर्नु अघि स्पष्ट प्रयोजन उल्लेख गर्नुपर्ने, अभिलेख व्यवस्थित राख्नु पर्ने र प्रतिवेदन नपेस नगरिएमा भुक्तानी रोक्नुपर्ने सुझाव दिइएको छ । महालेखाको यो टिप्पणीले कोडैना गाउँपालिकाको प्रशासनिक जवाफदेहिता, बजेट अनुशासन र स्थानीय सरकारमा विश्वासको स्तर माथि गम्भीर प्रश्न उठाएको छ ।

  • 3shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

स्थानीय

मधवापुर–मटिहानी सीमाक्षेत्रमा नेपालीको भीड भारतीय बजारतर्फ, नेपाली बजार सुनसान

अशोज ३०, २०८२
स्थानीय

सर्लाहीको चन्द्रनगरमा ईन्धन मै अनियमितता: अध्यक्ष महतो द्वारा एक लाख ८७ हजारको नियमविपरीत खर्च

अशोज २६, २०८२
स्थानीय

नेपालकै ठूलो लक्ष्मीनारायण मन्दिर (मठ) मटिहानीको हुलाक टिकट सार्वजनिक, धार्मिक–सांस्कृतिक महत्वलाई सम्मान

अशोज २४, २०८२
स्थानीय

नगरपालिकामा गरिएको तालाबन्दी हट्यो, माग पूरा नभए पुन: तालाबन्दी गर्ने चेतावनी

अशोज २३, २०८२
स्थानीय

सर्लाहीमा वडाध्यक्ष पक्राउ, स्थानीय आक्रोशित

अशोज २२, २०८२
स्थानीय

जनकपुरधाममा हिन्दूवादीहरुको विरोध प्रदर्शन

अशोज २१, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

मुख्यमन्त्री कार्यालयमा कर्मचारीमाथि कुटपिट, मधेश प्रदेशका निजामती कर्मचारी आन्दोलित

कार्तिक २४, २०८२

युवा उठे भने परिवर्तन रोकिन्न , निर्वाचन नै त्यसको शुरुवात हो: (सम्पादकीय)

कार्तिक १२, २०८२

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

कार्तिक १, २०८२

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, एक पक्षको बहिष्कार घोषणा

अशोज ३०, २०८२

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend