Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी, वार्ताको तयारी भइरहेको दाबी

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
माघ १९, २०८२
In अन्तराष्ट्रिय
0

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान सँगको बढ्दो तनावका बीच कूटनीतिक सम्झौता हुनेमा आफू आशावादी रहेको बताएका छन्। इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईले अमेरिकाले युद्ध सुरु गरे त्यसले ‘क्षेत्रीय युद्ध’को रूप लिने चेतावनी दिएको केही घण्टा पछि ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो।

फ्लोरिडा स्थित आफ्नै निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले मध्यपूर्व क्षेत्रमा अमेरिकाले विश्वकै शक्तिशाली सैन्य साधन र युद्धपोतहरू तैनाथ गरे तापनि आफ्नो प्राथमिकता सधैँ कूटनीतिक समाधान नै रहेको स्पष्ट पारेका छन्।यस अघि इरानका सर्वोच्च नेता खामेनेईले सामाजिक सञ्जाल ‘एक्स’मार्फत अमेरिकालाई कडा चेतावनी दिँदै युद्ध सुरु भए त्यसले सम्पूर्ण क्षेत्रलाई नै लपेट्ने बताएका थिए।

उनले इरान माथि आक्रमण भए कडा र निर्णायक जवाफ दिने भन्दै इरानी जनता सैन्य धम्की बाट नडराउने प्रस्ट पारेका छन्। खामेनेईले अमेरिकाले इरानको तेल, ग्यास र खनिज स्रोतमाथि पुन: प्रभुत्व जमाउन खोजेको आरोप समेत लगाएका छन्।

तनावपूर्ण स्थितिका बीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानीले भने दुई देश बीच वार्ताको तयारी भइरहेको खुलासा गरेका छन्। उनले सञ्चारमाध्यममा आएका हल्ला भन्दा फरक ढंगले वार्ताका संरचनात्मक तयारीहरू अगाडि बढिरहेको बताएका छन्, यद्यपि वार्ताको ठोस ढाँचाबारे भने विस्तृत खुलाइएको छैन।

अमेरिकाले हाल इरान नजिकै ‘यूएसएस अब्राहम लिंकन’को नेतृत्वमा ठूलो नौसैनिक समूह तैनाथ गरेर सैन्य दबाब बढाइरहेको छ। ट्रम्पले इरान आणविक हतियार सम्बन्धी छलफलका लागि इच्छुक रहेको दाबी गर्दै यसका लागि निश्चित समयसीमा समेत तोकिएको संकेत दिएका छन्। तनाव उत्कर्षमा पुगे पनि दुवै पक्षले कूटनीतिको ढोका खुल्लै राख्नुलाई विश्व राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ।(एएनआई)

  • 12shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अन्तराष्ट्रिय

दुबईमा कुवेती तेल ट्यांकरमा लागेको आगो नियन्त्रणमा

चैत्र १८, २०८२
अन्तराष्ट्रिय

प्रधानमन्त्री बालेनलाई मोदीको शुभकामना— ‘तपाईंसँग सहकार्य गर्न उत्सुक छु’

चैत्र १३, २०८२
अन्तराष्ट्रिय

इरानको युद्धघोष: पर्यटकीय गन्तव्य देखि ऊर्जा केन्द्र सम्म निशानामा

चैत्र ७, २०८२
अन्तराष्ट्रिय

इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

चैत्र ३, २०८२
अन्तराष्ट्रिय

मोज्तबा खामेनेई इरानका नयाँ सर्वोच्च नेता, देशभर उत्सव

फाल्गुन २५, २०८२
अन्तराष्ट्रिय

दुबईमा ड्रोन खस्यो, अवस्था नियन्त्रणमा

फाल्गुन २३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

आँजुरमे आकाश : सडकमा पोखिएको सपना, पसिना र कलाकारको संघर्ष

अशोज ४, २०८३

संविधान दिवसमा शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शाह सहभागी

अशोज ३, २०८३

‘यो सुरुवात हो, अन्त्य होइन’ : संविधान दिवसमा प्रधानमन्त्री शाहको स्पष्ट सन्देश

अशोज ३, २०८३

१३ देशका लागि राजदूत सिफारिस, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ

अशोज २, २०८३

प्रधानमन्त्री शाहको जेन्जी सांसदलाई आग्रह : आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गरौँ

अशोज २, २०८३

बेखबर जनकपुरको खबर : मिश्राजी सेहो एहि बेर मेयर पदके प्रत्याशी बनताह ?

भदौ ३१, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा

भदौ २९, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा नियुक्त, विकासलाई गति दिने अपेक्षा

भदौ २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend