Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

पूर्व-प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ, पूर्वगृहमन्त्री रमेश लेखक पनि हिरासतमा — एमालेले बोलायो आकस्मिक बैठक

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
चैत्र १४, २०८२
In मुख्य खबर 
0

१४ चैत,काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको छ। उनलाई भक्तपुरको गुण्डु स्थित निवासबाट पक्राउ गरी भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौंमा ल्याइएको प्रहरीले जनाएको छ।

त्यसैगरी, पूर्वगृहमन्त्री रमेश लेखकलाई पनि प्रहरीले पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सशस्त्र प्रहरीको सहयोगमा लेखकलाई भक्तपुरको कटुन्जे स्थित निवासबाट पक्राउ गरेको हो।

सरकारको निर्णय अनुसार भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन दमन सम्बन्धी घटनामा अनुसन्धान गर्न पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री लेखक सहित केन्द्रीय सुरक्षा समितिका पदाधिकारीमाथि फौजदारी मुद्दा चलाउन सिफारिस गरेको थियो।

शुक्रबार बालेन्द्र (बालेन) शाह नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले उक्त आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेपछि प्रहरीले उनीहरूलाई जरुरी पक्राउ पुर्जी जारी गरी नियन्त्रणमा लिएको हो।

पक्राउ पछि दुवै नेताको नियमित स्वास्थ्य परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ। स्वास्थ्य परीक्षणपछि उनीहरूलाई पुनः जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिने बताइएको छ।

यसैबीच, एमाले अध्यक्ष ओली पक्राउ परेपछि नेकपा एमालेले आकस्मिक बैठक बोलाएको छ। पार्टी सचिव महेश बस्नेतले शनिबार बिहान साढे ८ बजे बस्ने गरी सचिवालय बैठक आह्वान गरिएको जानकारी दिएका छन्। बैठकले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्ने बताइएको छ।

बस्नेतले सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिँदै यस्तो कदमले राजनीतिक प्रतिशोध र पूर्वाग्रहको झल्को दिने बताएका छन्। उनले लोकतन्त्रका लागि संघर्ष गरेका नेताहरूलाई पक्राउ गर्न प्रहरी ठूलो संख्यामा परिचालन गरिएको भन्दै दु:ख व्यक्त गरेका छन्।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

मुख्य खबर 

विद्यालय पाठ्यक्रममै विपद् उद्धार सम्बन्धी विषय समावेश गरिने

चैत्र १७, २०८२
मुख्य खबर 

गृहमन्त्री गुरुङले भने : जोखिम न्यूनीकरणमा १० बर्ष देखि काम गरिहेको छु, सचेत छु

चैत्र १५, २०८२
मुख्य खबर 

नवनियुक्त मन्त्रीहरुले लिए शपथ

चैत्र १३, २०८२
मुख्य खबर 

राष्ट्रपतिले लगाए टीका

अशोज १६, २०८२
मुख्य खबर 

राष्ट्रपतिले जारी गरे मतदाता नामावली सम्बन्धी अध्यादेश

अशोज ८, २०८२
मुख्य खबर 

आगामी फागुन २१ मा हुने चुनाव सफल बनाउन सबैलाई राष्ट्रपतिको अपिल

भदौ २८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend