१८ चैत,काठमाडौं । गृहमन्त्री सुधन गुरुङ, सशस्त्र प्रहरीका आइजीपी राजु अर्याल सहितको टोलीबीच मंगलबार छलफल सम्पन्न भएको छ।
छलफलमा विशेषगरी विपद् व्यवस्थापनका लागि आवश्यक पूर्व-तयारी बारे विस्तृत रूपमा विचार–विमर्श गरिएको थियो। सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि रणनीति निर्माण, स्रोत व्यवस्थापन र निकायहरूबीच समन्वयलाई प्राथमिकतामा राखिएको छ।
यससँगै सीमाक्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न सीमा गस्ती थप कडा बनाउने निर्णय गरिएको छ। तस्करी नियन्त्रणका लागि सम्बन्धित निकायलाई कडा निर्देशन दिइएको जानकारी गराइएको छ।



















आफ्नो प्रतिकृया दिनुहोस्