Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

गृहमन्त्री गुरुङ द्वारा प्रहरी परिसर काठमाडौंको निरीक्षण, सुरक्षा व्यवस्थामा सुधार गर्न निर्देशन

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
चैत्र १८, २०८२
In समाचार
0

१८ चैत,काठमाडौं । गृहमन्त्री सुधन गुरुङले प्रहरी परिसर काठमाडौंको स्थलगत अवलोकन गरेका छन्। बुधबार उनले राजधानीको सुरक्षा अवस्था, सेवा प्रवाह तथा प्रहरी गतिविधिको समग्र मूल्यांकन गर्न परिसरको निरीक्षण गरेका हुन्।

अवलोकनका क्रममा गृहमन्त्री गुरुङले प्रहरी कर्मचारीहरू सँग प्रत्यक्ष भेटघाट गर्दै दैनिक कार्यसम्पादन, सामना गर्नु परेका चुनौती तथा आवश्यक स्रोत–साधनबारे जानकारी लिएका थिए। उनले नागरिकमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

गुरुङले शान्ति सुरक्षा कायम राख्न प्रहरीले निर्वाह गरिरहेको भूमिकाको प्रशंसा गर्दै अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन तथा आपराधिक घटनाको अनुसन्धानलाई अझ चुस्त बनाउन जोड दिएका छन्। साथै, प्रविधिको प्रयोग बढाएर सेवा प्रवाहलाई छिटो र पारदर्शी बनाउन पनि उनले आग्रह गरेका छन्।

उनले प्रहरी कर्मचारीको मनोबल उच्च राख्न आवश्यक सुविधा र स्रोत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्षमतामा सुधार ल्याउन जोड दिएका छन्।गृहमन्त्री नियुक्त भएयता गुरुङले देशभरका विभिन्न सुरक्षा निकाय तथा प्रहरी संरचनाको निरीक्षणलाई निरन्तरता दिइरहेका छन्। यसले सुरक्षा संयन्त्रलाई थप प्रभावकारी बनाउने विश्वास लिइएको छ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२
समाचार

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२
समाचार

न्यायमा शहीद परिवार पहिलो प्राथमिकतामा : रवि लामिछाने

चैत्र २०, २०८२
समाचार

हनुमान जयन्तीका अवसरमा गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन

चैत्र १९, २०८२
समाचार

गृहमन्त्रीद्वारा कार्यालयमै सर्वसाधारणका गुनासा सुनुवाइ, समाधानका लागि पहल गर्ने प्रतिबद्धता

चैत्र १८, २०८२
समाचार

जनतासँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

चैत्र १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend