Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

पुर्व ‘जनमुक्ती सेना’को बेमौसमी बन्दा खेती

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार २८, २०८०
In कृषि /पशुपन्छी
0

म्याग्दी, २८ असार : म्याग्दीको मंगला गाउँपालिका–४ उपल्लो बुकेनीका दलबिर पुनले भने बर्खा याममा बेमौसमी बन्दा उत्पादन गर्नु भएको छ । समुन्द्रि सतहदेखि दुई हजार दुई सय मिटर उचाईको उपल्लो बुकेनीमा रहेको एनएमडी कृषि तथा पशुपंक्षी फर्ममा बेमौसमी बन्दा उत्पादन भएको हो । ३७ वर्षीय पुनले १५ रोपनी बरामीमा ‘ग्रिन क्रोनेट’ जातको बन्दा खेती गरेको बताउनुभयो ।

पानी खप्न सक्ने र चिसो हावापानीमा गर्न सकिने ग्रिन क्रोनेट जातको बेमौसमी बन्दा खेतीले पुनको फार्म हराभरा भएको छ । तीन वर्षदेखि टमाटर खेती गर्दै आएका पुनले यस वर्ष बेमौसमी बन्दा खेती गर्नु भएको हो । उहाँको फार्ममा हाल ५ वटा सेमी हाइटेक टनेलमा टमाटर उत्पादन भएको छ । खुल्ला टनेलमा हावाहुरी र असिनाले क्षति गरेपछि कृषि ज्ञान केन्द्रको सहयोगमा सेमी हाइटेक टनेल बनाएको पुनले बताउनु भयो ।

पुन वि.स. २०५७ देखि २०६८ सम्म तत्कालीन माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’मा जनमुक्ती सेनाको रुपमा सहभागि हुनुभएको थियो । नेकपा (माओवादी केन्द्र)को वडा कमिटि अध्यक्ष रहेका पुन दहवन शिविरबाट स्वच्छिक अवकास लिएपछि करिब पाँच वर्ष रोल्पामै ब्यापार, व्यवसाय गर्नुभएको थियो । सात वर्षअघि घर फर्किएर २१ रोपनी जग्गा किनेर कृषि फार्म स्थापना गर्नु भएको थियो । वाइट, दलबिर पुन मसलेदार फल टिम्मुर पनि खेती गर्नुभएका पुनको जडिवुटी खेती गर्ने योजना बनाउनुभएको छ ।

सिचाई सुविधा र चिसो हावापानी भएकाले तरकारी खेती प्रभावकारी भएको छ । सडक पुगेपनि यातायातको असुविधाका कारण ढुवानीमा धेरै खर्च हुने, बजारमा ब्यापारिले भनेको मुल्यमा सामान बेच्नुपर्दा समस्या भएको पुनले बताउनुभयो । बेनी, बाग्लुङमा खपत नभएको तरकारी पोखरा पठाउने गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत तरकारीको बजारी गरेको पुनले बताउनुभयो ।(रासस)

  • 1share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

कृषि /पशुपन्छी

नेपालको अर्थतन्त्रमा कुखुरापालन बाट ६० अर्बभन्दा बढीको योगदान

चैत्र ७, २०८२
कृषि /पशुपन्छी

किसानलाई बाँदरको आतंक, समात्नेलाई प्रति बाँदर एक हजार नगद

माघ १७, २०८२
कृषि /पशुपन्छी

हरियो फर्सी, घिरौंला र काक्रोमा भेटियो अत्याधिक विषादी

अशोज २३, २०८२
कृषि /पशुपन्छी

राम्रो आम्दानी हुने भए पछि कागती खेतीमा आकर्षण

अशोज १६, २०८२
कृषि /पशुपन्छी

पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक माथि छलफल, ऐन संशोधन हुने

भदौ १६, २०८२
कृषि /पशुपन्छी

मधेशमा साढे २० प्रतिशत कम धान रोपाइँ

साउन २६, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend