Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

राम्रो आम्दानी हुने भए पछि कागती खेतीमा आकर्षण

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
अशोज १६, २०८२
In कृषि /पशुपन्छी
0

रामेछाप । राम्रो आम्दानी हुन लागे पछि रामेछापका कृषकहरू कागती खेती तर्फ आकर्षित भएका छन् ।अमिलो जातको फल कागतीको बजारमा उच्च माग र राम्रो मूल्य भए पछि किसानहरू त्यस तर्फ आकर्षित भएका हुन् ।

एक पटक लगाए पछि वर्षौँ सम्म फल दिने र बजारको राम्रो सम्भावना भए पछि अन्य फलफूल र खेती भन्दा कागतीको खेती राम्रो भएको मन्थली नगरपालिका–५ सुनारपानीका भरत कार्की बताउँछन् । जङ्गली जनावरले दु:ख पनि नदिने, एक पटक लगाए पछि सामान्य गोडमेल र मल दिँदा हुने भएकोले कागती खेती लगाएको उनले बताए ।

बाँदरले दु:ख दिएर अन्य बाली लगाएर खान नदिने जमिनमा समेत कागतीको राम्रो खेती गर्न सकिने कार्कीले बताए । कागतीको बोटमा काँडा हुने र यसको फल पनि अमिलो हुने भएको बाँदरले नचलाउने उनले जानकारी दिए ।

भरतले आफ्नो २० रोपनी बारीमा एक हजार बोट कागती लगाएका छन् । धेरै पानी पनि आवश्यक नपर्ने भिरालो जमिनमा समेत लगाउन सकिने कागती खेती बाट वार्षिक ६ लाख रुपैँया बढी आम्दानी हुने उनले बताए ।

सिजनको बेलामा पनि कागती एक सय रुपैँया किलोमा बिक्री हुने उनले बताए । राम्रो भाउ आउँदा २ सय ५० रुपैँया किलोमा सम्म कागती बिक्री हुने उनले जानकारी दिए । ‘यो टिप्ने बित्तिकै अन्य फलफूल, तरकारी जस्तो बिग्रिँदैन, बजारमा बिक्री भएन भने पनि, रस, अमिलो बनाएर वा अचार बनाएर पनि बिक्री गर्न सकिन्छ, त्यसमाथि यसको बजारमा साँधैभरि माग हुन्छ’, कार्कीले भने ।

  • 12shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

कृषि /पशुपन्छी

हरियो फर्सी, घिरौंला र काक्रोमा भेटियो अत्याधिक विषादी

अशोज २३, २०८२
कृषि /पशुपन्छी

पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक माथि छलफल, ऐन संशोधन हुने

भदौ १६, २०८२
कृषि /पशुपन्छी

मधेशमा साढे २० प्रतिशत कम धान रोपाइँ

साउन २६, २०८२
कृषि /पशुपन्छी

कृषि मन्त्रालय लाई बजेट अपुग, ५० अर्ब मध्ये ५६ प्रतिशत मलमै खर्च

भदौ २८, २०८१
कृषि /पशुपन्छी

भारतले दिएका सात मुर्रा राँगा पोखरा ल्याइयो

मंसिर ९, २०८०
कृषि /पशुपन्छी

मधेसका ४३ प्रतिशत किसान परिवारलाई खाना अपुग

मंसिर ९, २०८०

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

मुख्यमन्त्री कार्यालयमा कर्मचारीमाथि कुटपिट, मधेश प्रदेशका निजामती कर्मचारी आन्दोलित

कार्तिक २४, २०८२

युवा उठे भने परिवर्तन रोकिन्न , निर्वाचन नै त्यसको शुरुवात हो: (सम्पादकीय)

कार्तिक १२, २०८२

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

कार्तिक १, २०८२

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, एक पक्षको बहिष्कार घोषणा

अशोज ३०, २०८२

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend