Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

कृषि मन्त्रालय लाई बजेट अपुग, ५० अर्ब मध्ये ५६ प्रतिशत मलमै खर्च

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ २८, २०८१
In कृषि /पशुपन्छी
0

२८ भाद्र,काठमाडौं: कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव डा.दीपक कुमार खरालले मन्त्रालयमा भएको बजेट पर्याप्त नभएको बताएका छन् ।शुक्रबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भएको छलफलमा उनले मन्त्रालयमा आएको ५० अर्ब बजेटको ५६ प्रतिशत मलमा नै खर्च हुने भन्दै अन्य विकासका कामका लागि बजेट नपुग्ने बताए ।

उनले भने, ‘यो आर्थिक वर्षमा नेपाल सरकार बाट समग्र कृषि क्षेत्रको विकासका लागि सवा ५० अर्ब जतिको बजेट विनियोजन भएको छ । त्यस मध्ये करिब २८ अर्ब अर्थात ५६ प्रतिशत बजेट मन्त्रालयको रसायनिक मल खरिदमा मात्र खर्च गर्नु पर्ने हुन्छ । बाँकी २२ अर्ब रुपैयाँ आधा बजेट देश भरी छरिएर रहेका कार्यालय हरुका जनशक्तिहरु को बजेट, तलब, भत्ता, यात्रा, भ्रमण, अनुगमन, सवारी साधन लगायत प्रशासनिक कुरामा खर्च गर्नु पर्छ । वास्तविक विकास मूलक काम गर्ने भनेर तोकिएको बजेट १२ वा १३ अर्ब मात्र हुन जान्छ । यो पर्याप्त होइन ।’

उनले अन्य विकासका कामहरु बजेटको कारणले पनि गर्न नसक्ने अवस्था भएको भन्दै यसलाई वृद्धि गर्न सबैको ध्यान जानुपर्ने बताए ।यसको साथै, देशभर नै संचालन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना पनि संगठन र जनशक्तिको अभावको कारणले प्रभावकारी नभएको बताए ।

उनले भने, ‘देश भर नै संचालन भएको आयोजना भनेको प्रधानमन्त्री कृषि आधुनिकिकरण आयोजना हो । यो मार्फत देश भर नै सेवा प्रदान गर्न खोजेका छौ । हाम्रो संगठन र जनशक्तिको अभावको कारणले सेवा पुर्याउन सकेको अवस्था छैन् । यसको लागि तीन अर्ब रुपैयाँ विनियोजन भएको छ ।’

यस्तै, उनले अब आउने हिउँदे बालीका लागि पुग्ने गरी मलको खरिद प्रक्रिया अगाडि बढाएको भन्दै बाली र पशु बिमाको लागि पनि मन्त्रालयले २ अर्ब ६ करोड रुपैयाँ विनियोजन गरेको बताए ।

समितिमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयबाट सम्पादन गर्नु पर्ने कार्यक्रम तथा योजना, कार्य सम्पादनमा रहेका समस्या तथा बजेट लगायतका विषयमा समितिले जानकारी लिने र समस्या समाधानमा आवश्यक सहजीकरण गर्न सकिने विषयका सम्बन्धमा छलफल भएको थियो ।

  • 4shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

कृषि /पशुपन्छी

नेपालको अर्थतन्त्रमा कुखुरापालन बाट ६० अर्बभन्दा बढीको योगदान

चैत्र ७, २०८२
कृषि /पशुपन्छी

किसानलाई बाँदरको आतंक, समात्नेलाई प्रति बाँदर एक हजार नगद

माघ १७, २०८२
कृषि /पशुपन्छी

हरियो फर्सी, घिरौंला र काक्रोमा भेटियो अत्याधिक विषादी

अशोज २३, २०८२
कृषि /पशुपन्छी

राम्रो आम्दानी हुने भए पछि कागती खेतीमा आकर्षण

अशोज १६, २०८२
कृषि /पशुपन्छी

पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक माथि छलफल, ऐन संशोधन हुने

भदौ १६, २०८२
कृषि /पशुपन्छी

मधेशमा साढे २० प्रतिशत कम धान रोपाइँ

साउन २६, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend