Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक माथि छलफल, ऐन संशोधन हुने

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ १६, २०८२
In कृषि /पशुपन्छी
0

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ का सम्बन्धमा छलफल भएको छ ।सोमबार समितिमा सरोकारवालाहरु सँग विधेयकका सैद्धान्तिक पक्ष सँग सम्बन्धित विषयमा छलफल भएको हो ।


सोही क्रममा नेपाल पशु चिकित्सा परिषद्का उपाध्यक्ष डा.मनोज कुमार शाहीले ०५६ साल देखि नै ऐन संशोधनको प्रक्रिया अगाडि बढाए पनि ऐन संशोधन हुन नसकेको भन्दै अहिले विज्ञ, विशेषज्ञ सबैलाई बोलाएर प्रदेश, केन्द्रीय र स्थानीय तहमा विभिन्न गोष्ठी र सूचनाहरु निकालेर ऐन संशोधन हुन लागेको बताएका छन् ।


उनले भने, ‘हामीले २५ वर्षको समयमा ५५ सालमा ऐन आउँदा, ५६ साल देखि नै ऐन संशोधनको प्रक्रिया अगाडि बढाएका थियौं तर अहिले सम्म त्यो ऐन संशोधन हुन सकेको थिएन् । अहिले भने प्रतिनिधि सभामा विचाराधिन छ, धेरै छलफल गरेका छौ । विज्ञ, विशेषज्ञ सबैलाई बोलाएर प्रदेश, केन्द्रीय र स्थानिय तहमा विभिन्न गोष्ठी र सूचनाहरु निकालेर नै यो ऐन संशोधन हुदैँछ ।’ साथै, उनले अहिले पशु चिकित्साको क्षेत्र व्यवसायीकरण भइरहेको बेलामा हरेक स्थानीय तहमा पशु चिकित्सकको दरबन्दी सरकारले सिर्जना गरेको र यो क्षेत्रमा अहिले निजी क्षेत्रको पनि सहभागिता बढि रहेको बताए ।


उनले भने, ‘अहिले पशु चिकित्साको क्षेत्रमा अथवा पशुपन्छीको क्षेत्रमा यति धेरै व्यवसायीकरण भयो कि हरेक किसानले विशेषज्ञ सेवा खोजीरहेका छन् । विज्ञ सेवा धेरै माग भइरहेको छ । हरेक स्थानीय तहमा पशु चिकित्सकको दरबन्दी नेपाल सरकारले सिर्जना गरेको छ र यो क्षेत्रमा अहिले निजी क्षेत्रको पनि सहभागिता बढि रहेको छ ।’ उनले शैक्षिक संस्था नियमनको कुरामा परिषद्ले पशु चिकित्सक पढ्ने शैक्षिक संस्थाको मात्र नियमन गर्ने भन्दै पशु चिकित्सकले गर्ने पशु पालन र पशु विज्ञानका कामहरु पनि यही परिषद्ले नियमन गर्ने व्यवस्था यो विधेयकमा प्रस्ताव गरिएको बताए ।


पशु स्वास्थ्यको प्रमाणिकरण गर्ने मासु, माछा र अण्डाहरुको स्वास्थ्य प्रमाणिकरण गर्ने काम सांसर भर नै डाक्टरले मात्र गर्ने पनि उनको भनाई छ ।

  • 18shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

कृषि /पशुपन्छी

नेपालको अर्थतन्त्रमा कुखुरापालन बाट ६० अर्बभन्दा बढीको योगदान

चैत्र ७, २०८२
कृषि /पशुपन्छी

किसानलाई बाँदरको आतंक, समात्नेलाई प्रति बाँदर एक हजार नगद

माघ १७, २०८२
कृषि /पशुपन्छी

हरियो फर्सी, घिरौंला र काक्रोमा भेटियो अत्याधिक विषादी

अशोज २३, २०८२
कृषि /पशुपन्छी

राम्रो आम्दानी हुने भए पछि कागती खेतीमा आकर्षण

अशोज १६, २०८२
कृषि /पशुपन्छी

मधेशमा साढे २० प्रतिशत कम धान रोपाइँ

साउन २६, २०८२
कृषि /पशुपन्छी

कृषि मन्त्रालय लाई बजेट अपुग, ५० अर्ब मध्ये ५६ प्रतिशत मलमै खर्च

भदौ २८, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका साप्ताहिक उपलब्धि सार्वजनिक

अशोज २३, २०८३

नागरिक उड्डयन क्षेत्रको सुधारका लागि दुई विधेयक प्रतिनिधि सभामा दर्ता

अशोज २३, २०८३

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज २२, २०८३

भारतीय सिनेमाका दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

अशोज २२, २०८३

भोटेकोशी बाढी प्रभावित परिवारका लागि ‘समुन्नति कार्यक्रम’, मन्त्रालय र रेडक्रसबीच समझदारी

अशोज २०, २०८३

स्वास्थ्य मन्त्रीको राजीनामा माग्दै जनकपुरमा युवाहरूको राँके जुलुस, माग सम्बोधन नभए कडा आन्दोलनको चेतावनी

अशोज १९, २०८३

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज १९, २०८३

सर्वोच्चको आदेशपछि जनकपुरका अस्पताल माथि प्रश्न ? “अस्पतालसँग अनुमति छ कि छैन?”

अशोज १७, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend