Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

किसानलाई बाँदरको आतंक, समात्नेलाई प्रति बाँदर एक हजार नगद

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
माघ १७, २०८२
In कृषि /पशुपन्छी
0

रामेछाप। मानव बस्ती क्रमश: पातलिँदै जानु र जङ्गल क्षेत्र विस्तार हुँदै जाँदा ग्रामीण क्षेत्रका किसानहरू बाँदरको आतंकबाट हैरान भएका छन्। गाउँघरमा लगाइने बाली बाँदरले नष्ट गर्न थाले पछि धेरै स्थानमा किसानले बाली लगाउनै छाड्न थालेका छन्।

बाली लगाउने किसानका लागि अहिले सबैभन्दा ठूलो चुनौती नै बाँदरबाट बाली कसरी जोगाउने भन्ने बनेको छ। यही समस्यालाई ध्यानमा राख्दै रामेछापको मन्थली नगरपालिका–८ चिसापानीमा बाँदर नियन्त्रण तथा व्यवस्थापन समिति गठन गरिएको छ।

वडा कार्यालयको पहलमा समिति गठन गरिएको जानकारी दिँदै वडाध्यक्ष गोपाल श्रेष्ठले बाँदर नियन्त्रण प्रभावकारी नबने ग्रामीण भेगमा मानिसहरू बस्नै नसक्ने अवस्था आउन सक्ने चेतावनी दिए। उनका अनुसार चिसापानीका सबै किसानहरूको भेला गराएर बाँदर व्यवस्थापन तथा नियन्त्रण समिति गठन गरिएको हो।

सरकारले कृषि क्षेत्रमा विभिन्न सहयोग उपलब्ध गराए पनि बाँदरको कारण किसानले आफ्नै बाली खान नपाउने अवस्था बनेको वडाध्यक्ष श्रेष्ठले बताए। त्यसैले बाँदर नियन्त्रणका लागि स्थानीय तह, किसान र समुदाय सबैको सहकार्य आवश्यक रहेको उनको भनाइ छ।

वडाले बाँदर समात्ने व्यक्तिलाई प्रति बाँदर एक हजार रुपैयाँ नगद प्रोत्साहन स्वरूप प्रदान गर्ने व्यवस्था गरेको पनि उनले जानकारी दिए। समातिएका बाँदरलाई रङ लगाएर चिन्हित गरी सुरक्षित रूपमा छाड्ने कार्यक्रम समेत सञ्चालन गरिने तयारी रहेको छ।

स्थानीयका अनुसार बढ्दो जङ्गल क्षेत्रकै कारण बाँदर नियन्त्रण झनै कठिन बन्दै गएको छ। “बाँदर रुखको टुप्पोमै पुग्छ, बूढाबूढीले त धपाउनै सकिँदैन,” स्थानीयको गुनासो छ।

यसलाई नियन्त्रण गर्न वडाले बारी काल्नाका रुखहरू काँटछाँट र पतल्याउने कार्यक्रम समेत अघि सारेको छ। “बारी काल्नाहरू नै जङ्गल जस्तै भएपछि बाँदर त्यहीँ बस्न थालेका हुन्। त्यसैले तिनलाई आकर्षित नहोस् भन्ने उद्देश्यले काँटछाँट र पतल्याउने काम सुरु गर्न लागेका छौँ,” वडाध्यक्ष श्रेष्ठले बताए।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

कृषि /पशुपन्छी

हरियो फर्सी, घिरौंला र काक्रोमा भेटियो अत्याधिक विषादी

अशोज २३, २०८२
कृषि /पशुपन्छी

राम्रो आम्दानी हुने भए पछि कागती खेतीमा आकर्षण

अशोज १६, २०८२
कृषि /पशुपन्छी

पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक माथि छलफल, ऐन संशोधन हुने

भदौ १६, २०८२
कृषि /पशुपन्छी

मधेशमा साढे २० प्रतिशत कम धान रोपाइँ

साउन २६, २०८२
कृषि /पशुपन्छी

कृषि मन्त्रालय लाई बजेट अपुग, ५० अर्ब मध्ये ५६ प्रतिशत मलमै खर्च

भदौ २८, २०८१
कृषि /पशुपन्छी

भारतले दिएका सात मुर्रा राँगा पोखरा ल्याइयो

मंसिर ९, २०८०

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

मोरङको रंगेलीमा पारिवारिक विवादको बीभत्स रूप: श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

माघ २०, २०८२

जापानका प्रधानमन्त्रीसँग राष्ट्रपति पौडेलको शिष्टाचार भेट: द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता

माघ २०, २०८२

भव्यताका साथ मनाइँदै मधेश प्रदेश सभाको आठौं वार्षिकोत्सव, अन्तिम चरणमा पुग्यो तयारी

माघ २०, २०८२

झापाका स्थानीय समस्या र विकास बारे बालेन शाहको छलफल

माघ २०, २०८२

संकटमा सिमसार: संरक्षणको चुनौती र चेतना जगाउँदै विश्व सिमसार दिवस मनाइँदै

माघ १९, २०८२

रहरले नभइ परिस्थितिले प्रधानमन्त्री बनेकी हुँ : सुशीला कार्की

माघ १९, २०८२

इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी, वार्ताको तयारी भइरहेको दाबी

माघ १९, २०८२

सुशील र अञ्जनाको फिल्म ‘परिवर्तन’ को एक साताको कमाइ ३१ लाख

माघ १९, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend