Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

नेपालको अर्थतन्त्रमा कुखुरापालन बाट ६० अर्बभन्दा बढीको योगदान

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
चैत्र ७, २०८२
In कृषि /पशुपन्छी
0

७ चैत,जनकपुर। नेपालको कृषि क्षेत्रमा कुखुरापालन व्यवसाय एक बलियो खम्बाको रूपमा स्थापित भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सावर्जनिक गरेको नेपाल व्यवसायीक कुखुरा पालन सर्वेक्षण २०८१/८२ का अनुसार, कुखुरापालन व्यवसायले नेपालको अर्थतन्त्रमा वार्षिक ६० अर्ब ९६ करोड रुपैयाँभन्दा बढीको योगदान पु¥याएको देखिएको छ ।

तथ्याङ्क अनुसार, नेपालमा वार्षिक रूपमा करिब ११ करोड ७१ लाख ब्रोइलर कुखुरा पाल्ने गरिएको छ । जसमध्ये १० करोडभन्दा बढी कुखुरा बिक्री हुने गर्दछन् । यसबाट मात्रै ५७ अर्ब ८६ करोड रुपैयाँ भन्दा बढीको आर्थिक कारोबार हुने गरेको छ । वार्षिक रूपमा देशभर २५ करोड ८६ लाख २६ हजार ३४० केजी ब्रोइलर कुखुराको मासु उत्पादन हुने गरेको छ ।

कुखुरा उत्पादन र आम्दानी दुवै हिसाबले बागमती प्रदेश नेपालकै पहिलो स्थानमा रहेको छ । बागमती प्रदेशमा मात्रै ९ करोड ३९ लाख केजीभन्दा बढी मासु उत्पादन हुन्छ, जसको बजार मूल्य २१ अर्ब ९५ करोड रुपैयाँभन्दा बढी छ ।

यस्तै, गण्डकी र सुदूरपश्चिम प्रदेशमा कोइलर तथा गिरिराज जातका कुखुराबाट राम्रो आम्दानी भइरहेको सर्वेक्षणले देखाएको छ । कोइलर÷गिरिराजबाट देशभर १ अर्ब ५६ करोड र लेयर्स÷प्यारेन्ट कुखुराको मासुबाट १ अर्ब ३ करोड रुपैयाँभन्दा बढी संकलन हुने गरेको छ ।

सर्वेक्षणका अनुसार, ब्रोइलर कुखुरालाई औसत ४३.७ दिन पालेर सरदर २.६ केजी तौल पुगेपछि बिक्री गर्ने गरिएको छ । यद्यपि, व्यवसायमा जोखिम पनि उत्तिकै देखिएको छ। कुल पालिएका कुखुरामध्ये करिब १०.४ प्रतिशत (१ करोड २२ लाख) कुखुराको मृत्यु हुने गरेको पाइएको छ । साथै, करिब ११ लाख ७६ हजार कुखुरा घरायसी उपभोगमा प्रयोग हुने गरेका छन् ।

प्रदेश अनुसार मूल्यमा भिन्नता

ब्रोइलर कुखुराको बिक्री मूल्यमा भने प्रदेशगत रूपमा ठूलो भिन्नता देखिएको छ । भौगोलिक विकटता र ढुवानी खर्चका कारण कर्णाली प्रदेशमा मासुको मूल्य सबैभन्दा बढी (औसत २७८ रुपैयाँ प्रति केजी) रहेको छ । त्यसैगरी, मधेश प्रदेशमा सबैभन्दा कम (औसत १९२ रुपैयाँ प्रति केजी) मा ब्रोइलर कुखुरा बिक्री हुने गरेको छ । समग्रमा, कुखुरापालन क्षेत्रले नेपालको ग्रामीण तथा सहरी अर्थतन्त्रमा ठूलो रोजगारी र आम्दानीको अवसर सिर्जना गरिरहेको यस तथ्याङ्कले पुष्टि गरेको छ ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

कृषि /पशुपन्छी

किसानलाई बाँदरको आतंक, समात्नेलाई प्रति बाँदर एक हजार नगद

माघ १७, २०८२
कृषि /पशुपन्छी

हरियो फर्सी, घिरौंला र काक्रोमा भेटियो अत्याधिक विषादी

अशोज २३, २०८२
कृषि /पशुपन्छी

राम्रो आम्दानी हुने भए पछि कागती खेतीमा आकर्षण

अशोज १६, २०८२
कृषि /पशुपन्छी

पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक माथि छलफल, ऐन संशोधन हुने

भदौ १६, २०८२
कृषि /पशुपन्छी

मधेशमा साढे २० प्रतिशत कम धान रोपाइँ

साउन २६, २०८२
कृषि /पशुपन्छी

कृषि मन्त्रालय लाई बजेट अपुग, ५० अर्ब मध्ये ५६ प्रतिशत मलमै खर्च

भदौ २८, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend