Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

नेपाल र एडीबीबीच ग्रामीण सम्पर्क सुधारका लागि सम्झौता

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
कार्तिक १४, २०८०
In अर्थ
0

काठमाडौं : एसियाली विकास बैंक (एडिबी) बैंकले नेपालको ग्रामीण सम्पर्क सुधारका लागि झण्डै १३ अर्ब ऋण सहायता उपलब्ध गराउने भएको छ। आज एडिबी र नेपाल सरकारबीच अर्थमन्त्रालयमा ग्रामीण सम्पर्क सुधार परियोजना कार्यान्वयनका लागि १० करोड अमेरिकी डलर अर्थात १३ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको हो ।

नेपाल सरकार र एसियाली विकास बैंकको तर्फबाट एडीबीका नेपाल निर्देशक अर्नाउड काउचोइस र  त्यसैगरी आयोजना सम्झौतामा स्थानीय पूर्वाधार विभागका महानिर्देशक भरत प्रसाद अर्याल, पाँच प्रदेशका सचिव रमेश कुमार सिंह, अमृत श्रेष्ठ, शंकर प्रसाद पण्डित, सुनिल पौडेल र विष्णु भण्डारीले हस्ताक्षर गरेका छन् ।

यस्तै, अर्थ सचिव डा. पुष्करले, सडक जडान सम्बन्धी प्रस्तावित सहायताले ग्रामीण समुदायहरू, उत्पादनशील कृषि क्षेत्रहरू र सामाजिक–आर्थिक केन्द्रहरू बीचको ग्रामीण सडकको अवस्था सुधार तथा सडक प्रयोगकर्ताहरूको क्षमता अभिवृद्धिमा योगदान गर्ने विश्वास व्यक्त गरे । यस्तै, प्रस्तावित सहायताले जुनसुकै मौसममा चल्न सक्ने ग्रामिण सडक संजालको विकास र मर्मतमा रुपान्तरणकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘ग्रामीण समुदाय जलवायु परिवर्तनको प्रभाव जस्तै बाढी र पहिरोको बढ्दो आवृत्ति र तीव्रताले सडकलाई क्षति पु¥याउने जस्ता जोखिममा छन्, यस सन्दर्भमा यो परियोजनाको स्थापनामा ठूलो सान्दर्भिक र महत्व छ र ग्रामीण क्षेत्रहरूमा समावेशीकरण र वृद्धिलाई प्रवर्द्धन गर्न वर्षभरी जडान कायम गर्ने छ ।’

उनले एसियाली विकास बैंकले नेपालको सामाजिक आर्थिक विकासमा दिर्घकालिन र निरन्तर सहयोग गरेकोमा प्रशंसा पनि गरेका छन् ।नेपालका लागि एडीबीका देशीय निर्देशक अर्नाउड काउचोइसले एडिबीको ऋणले नेपालको सात प्रदेश मध्ये पाँच वटा कूल ३२४ किलोमिटर क्षेत्रफलमा सबै मौसमी सडक र पुलहरू निर्माण गरी ग्रामीण सम्पर्क सञ्जालमा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

उनले भने, ‘एडिबीको ऋणले नेपालको सात प्रदेशमध्ये पाँच वटा कूल ३२४ किलोमिटर क्षेत्रफलमा सबै मौसमी सडक र पुलहरू निर्माण गरी ग्रामीण सम्पर्क सञ्जालमा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्नेछ ।’

  • 38shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अर्थ

क्यासिनोले इजाजतपत्र लिएर मात्र विदेशी मुद्राको कारोबार गर्न पाउने

अशोज २४, २०८२
अर्थ

अर्थमन्त्री र विभिन्न मुलुकका राजदूतबीच शिष्टाचार भेट

अशोज १२, २०८२
अर्थ

जेनजी आनदोलनको क्षति : २० अर्ब ७० करोड भन्दा बढीको बीमा दाबी

अशोज २, २०८२
अर्थ

महालेखा परीक्षकको आग्रह – ‘बेरुजु लुकायो वा पठाएन’ भन्ने आशंका नगर्नुहोस्

साउन २३, २०८२
अर्थ

गौर भन्सार कार्यालय बाट लक्ष्य भन्दा कम राजस्व संकलन

साउन ७, २०८२
अर्थ

राजस्व संकलन १ खर्ब २० अर्बले वृद्धि

साउन १, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend