Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारहरुले साढे तीन लाख मात्र खर्च गर्न पाउने

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
पुस २९, २०८०
In राष्ट्रिय सभा
0

काठमाडौँ : आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने हद अधिकार निर्वाचन आयोगले तोकेको छ । निर्वाचनका उम्मेदवारले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा राष्ट्रियसभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम ४६ (१) सँग सम्बन्धित अनुसूची–१ बमोजिम तीन लाख पचास हजारसम्म खर्च गर्न पाउने व्यवस्था गरिएको छ । आयोगले आज निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने हद तोकेको हो ।

उक्त खर्च मतदाता नामावली खरिद, सवारीसाधन तथा इन्धन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तरक्रिया, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध शीर्षकमा गर्न सकिने आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले आज विज्ञप्ति जारी गरी उम्मेदवारले खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्न र यसरी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी निजको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउन निर्देश गरिएको जनाउनुभएको छ ।

निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरी राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ३१ बमोजिम निर्वाचन परिणाम घोषणा भएको तीस दिनभित्र आयोग वा निर्वाचन कार्यालयमा पेस गर्नसमेत आयोगले सूचित गरेको छ ।

उन्नाइस सदस्यीय पदका लागि हुने निर्वाचनका लागि सातै प्रदेशमा ५१ उम्मेदवार कायम रहेका छन् । ती उम्मेदवारलाई आयोगले शनिबार निर्वाचन चिन्ह वितरण गरिसकेको छ ।

  • 12shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

राष्ट्रिय सभा

राष्ट्रिय सभाको २०औँ अधिवेशन तयारी बारे कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

चैत्र १८, २०८२
राष्ट्रिय सभा

राष्ट्रिय सभाबाट जलस्रोत विधेयक पारित

साउन २३, २०८२
राष्ट्रिय सभा

‘सार्कको अध्यक्षता पाकिस्तान लाई सुम्पिन नेपाल आतुर छ’

भदौ २४, २०८१
राष्ट्रिय सभा

‘मिडिया काउन्सिल विधेयक मार्फत प्रेस जगत लाई बाँध्न मिल्दैन’

जेष्ठ ३२, २०८१
राष्ट्रिय सभा

फेरियो दलीय समीकरण, राष्ट्रिय सभामा माओवादी ठूलो, एमाले तेश्रो 

माघ ११, २०८०
राष्ट्रिय सभा

राष्ट्रिय सभा निर्वाचन : मधेश प्रदेशमा गठबन्धनको ‘क्लिनस्विप’

माघ ११, २०८०

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका साप्ताहिक उपलब्धि सार्वजनिक

अशोज २३, २०८३

नागरिक उड्डयन क्षेत्रको सुधारका लागि दुई विधेयक प्रतिनिधि सभामा दर्ता

अशोज २३, २०८३

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज २२, २०८३

भारतीय सिनेमाका दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

अशोज २२, २०८३

भोटेकोशी बाढी प्रभावित परिवारका लागि ‘समुन्नति कार्यक्रम’, मन्त्रालय र रेडक्रसबीच समझदारी

अशोज २०, २०८३

स्वास्थ्य मन्त्रीको राजीनामा माग्दै जनकपुरमा युवाहरूको राँके जुलुस, माग सम्बोधन नभए कडा आन्दोलनको चेतावनी

अशोज १९, २०८३

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज १९, २०८३

सर्वोच्चको आदेशपछि जनकपुरका अस्पताल माथि प्रश्न ? “अस्पतालसँग अनुमति छ कि छैन?”

अशोज १७, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend